Skip to content

यो कस्तो भाग्य

SijanLamaSoisal


यो कस्तो भाग्य लेखेर जन्मिए यही माटोमा
दुर्भाग्य मेरो कतिफेर जन्मिए यही माटोमा

संघर्षकै दोबटोहरूले छेकिरहेकाछन् पाइलाहरू
गंतव्यबिहीन भएर जन्मिए यही माटोमा

न आङ ढाकिन्छ मेरो न पेट भरिन्छ सरकार ?
यही त्रिपालले छोपेर जन्मिए यही माटोमा

यी हात पाउ भएर पनि भए जस्तो लाग्दैन,
म जिउँदो लास बनेर जन्मिए यही माटोमा

बाघको छाला ओडेर स्याल बाघ बन्दैन थाह छ,
म मान्छेको छाला ओडेर जन्मिए यही माटोमा

धन्यवाद
सीजन लामा
सिन्धुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *