Skip to content

विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना

  • by


विश्वको आकाशमा धावनमार्गको खोजी

नेपाली भाषाको जीवन झन्डै हजार वर्षलामो भए तापनि यसको साहित्यिक स्वरूपले आकार लिन थालेको भर्खरै हो । यसका कथा, निवन्ध, उपन्यास, नाटक सबै विधाले यतिखेर शतवाषिर्की मनाउँ दै छन् भने महाकाव्य, समालोचना जस्ता कति हाँगाले अझ पछि आकार लिएका हुन्; तिनीहरूको पालो आएकै छैन ।
आज हामी नेपाली साहित्यलाई विश्वको मानचित्रमा कसरी, कहाँनेर देखाउन सकिएला भन्ने चिन्तामा छौं ।
यति नयाँ , यति कलिलो, भर्खरै थिगिरी गर्न थालेको नानी । अङ्ग्रेजी, फ्रेन्च, जर्मन, रसियन, चिनियाँ , अरबी जस्ता भाषाका साहित्यले झन्डै सहस्राब्दी लामो जीवन भोगिसके । ती झन्झन् दीर्घ जीवनको यात्रामा छन् । विलियम क्याक्स्टनको प्रिन्टिङ प्रेस आउनुभन्दा सयौं वर्षघि अङ्ग्रेजी साहित्यले मानक पथ पक्रिसकेको थियो । हाम्रो भने एक दशांश कान्छो र कलिलो । कसरी भर्खर थिगिरी गर्न थालेकी नानीलाई उता विश्वदौड प्रतियोगितामा पठाउनु, कसरी तिमीले ओलम्पिकमा भाग लेऊ भन्नु, आज हामी धर्मसङ्कटमा छौं ।
तर अब त्यो नभनेर सुख छैन । घरलौरी एकजना खेताला बाटो खन्न पठाउनु परेजस्तै- कसैले जवान पठाउला, कसैले वृद्धवृद्धा, हाम्रो घरबाट बालबालिका । विश्वसाहित्य र हाम्रो अवस्थितिलाई यो दृष्टान्तले राम्ररी बुझाउन सक्ला ।
आधुनिक विश्वलाई प्रविधिले समान बनाइदिएको छ । प्रविधिको कारणले सबै हिँ डने गति, सोच्ने शैली र जीवनदर्शन उस्तै भएको छ, एकाम्मे भएको छ । प्राविधिक उन्नतिको उद्गम, विस्तार र प्रभाव केन्द्ररहित भुमरी जस्तो भएको छ । सम्पन्न विपन्न सबै मुलुकमा, नयाँ पुरानो सबै सभ्यतामा आज उस्तैउस्तै कृत्रिमताले ढाकिरहेको छ । यतिबेला कृत्रिम उर्वरकको र अन्य प्रविधिको प्रयोगले बेमौसममा पनि वनस्पति वृक्ष फुल्न वाध्य छन्, फल्न बाध्य छन्, पाक्न बाध्य छन् । स्वाभाविक उमेर पर्खिनु पर्दैन, ऋतुचक्र पर्खिनु पर्दैन ।
नेपाली साहित्य पनि त्यस्तै अवस्थामा छ; विश्वका सबै कलिला भाषा र साहित्य त्यस्तै अवस्थामा छन् । म ससम्झि न्छु- पुमा छिन्ताङको भाषिक परियोजना आए, बराम परियोजना आए, गोपाली र दराई को आयो । यस्ता अनेकौ“ भाषिक परियोजना चलिरहेकै छन् । ती भाषामा लिपि पत्ता नलागी, कोश, व्याकरण र प्रारम्भिक कृतिहरू तयार नभई तिनीहरूका वाणी र कर्म श्रव्यदृश्य माध्यमले उतारिन्छन्, तीबाट भाषाको प्रारम्भिक स्वरूप निरूपण गर्ने र तिनै माध्यमले साहित्यलाई आकार दिने कार्य हुँदैछन् । गोरखापत्रको बहुभाषिक प्रकाशनले पनि त्यस्तै काम गर्दैछ । प्रविधिले तानेर, बोकेर, ठेलेर, कृत्रिम सुइ लगाएर कलिला नानीहरूलाई पनि ओलम्पिकमा दौडिन सक्ने बनाउँ दै छ, पठाउँ दै छ । अब परिपक्वताको लागि पर्खिने समय छैन, हामीले ठीक यतिखेर हाम्फाल्नु पर्छ पर्छ । किनभने यतिबेला नेपाली वाङ्मयले विश्वको आकाशमा आङ्खनो धावनमार्ग खोज्न थालेको समय छ ।
त्यसो त यो धावनमार्गको खोजी हुन थालेको आज अचानक होइन । आजका युवा र्सजकले लिएको यो चिन्ताको बीजारोपण हिजै भएको थियो । यो त सबै जीवितको लक्षण हो, सबै जीवन्तताको । एउटा ठूलो जङ्गलमा हेर्नू – आकास छुने रुखको फेदमा ससाना पोथ्रा पनि आकाश ताकेर पाउलिरहेका हुन्छन््, कालीगण्डकीको वारिपारिका खोल्सा र धारा पनि सागर ताकेर बगिरहेका छन् । यी जीवन्तताका दृष्टान्त हुन्; हरेक जीवित वाङ्मयमा यही चेतना हुन्छ । महाकविले भनेझैं – गौरी शङ्करको नजीक चुचुरा उठ्छन् अरू वामन ।

यो चिन्ता पुरानो हो

मैले भनेँ – यो चिन्ता पुरानो हो । आदिम अन्धकारबाट ब्युँ झनेबित्तिकै नेपाली साहित्यले यो चिन्ता राखेको थियो- कसरी हामी छिमेकीसँ ग दौडिन सक्तछौं, कसरी प्राचीनताको दर्पण हेर्दै समकालीन विश्वतिर पाइला चाल्न सक्छौ“ ।
झन्डै एक शताब्दीअघि स्थापना भएको गोर्खाभाषा प्रकाशिनी समितिको (पछि नेपाली भाषा प्रकाशिनी समिति) र त्यस अन्तर्गत को नेपालीभाषा अनुवाद परिषद्को एक उद्देश्य त्यही थियो । देशमा विश्वविद्यालयको कल्पना गर्ने बेला भएको थिएन- यहाँ कथा छैनन्, कविता छैनन,् नाटक छैनन्, महाकाव्य, निबन्ध, केही छैन । आङ्खनो भाषाले प्रकट गर्ने कुनै शक्ति छैन । त्यसबेला विश्वका उत्कृष्ट पुस्तक नेपालीमा अनुवाद गरेर ल्याउने निर्णय भयो । एक मुठी बिउ पैं चो मागेजस्तै । हेर्नोस्, नरेन्द्रमणि आदीको युरोपीय साहित्यको नमूना ।
हामीलाई त्यसबेला साहित्यको एउटा कलमी विरुवा, एक मुठी बिउ अथवा एउटा नमूना चाहिएको थियो । नेपाली साहित्यको अस्तित्वले स्पष्ट आकार लिन नसकेका ती दिनमा कत्रो चिन्ता लिएर ती अग्रणीहरूले संघर्ष गरे ! ती दिनमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पुष्कर शमशेर आदि थिए । यसको अस्तित्व स्थापना गर्न, ससानो परिचय कायम गर्न पहिलो पुस्ताले गरेको संघर्ष को वयान गरिनसक्नु छ । त्यसबेला दुइवटा कर्म सुरु भए- अनुवाद र मौलिक सिर्जना । अनुवादअन्तर्गत राइडर ह्या गार्डको उपन्यास शिको पुस्कर शमशेरले अनुवाद गरे; सेक्सपियरको ह्या म्लेटको महाकविले, २४ पुस्तक योजना थियो । मौलिक सिर्जनाअन्तर्गत रचित मुकुन्द इन्दिरा, ऋतुविचार, कथाकुसुम, मसान, लक्ष्मीनिबन्धसङ्ग्रह, साकुन्तल, सुलोचना यी प्रथम माइलस्टोन हुन् जिरोपोइन्टमा गाडिएका स्तम्भहरू । तीबाटै हाम्रो यात्रा प्रारम्भ हुन्छ ती मानक पनि हुन् । ती जरुवा पानीका ससाना मूल थिए, आङ्खनै घरबारीलाई सिञ्चित गर्न पनि नपुग्ने थिए, आज हामी तिनैमा मिसि“दै गएर विश्वसाहित्यको क्षितिज ताक्न सक्ने भयौं । ससानो सागर भएछौं नत्र यो आँ ट किन आउँ थ्यो हामीमा –
अत्यन्तै छोटो समयमा पनि यति लामो उडान पूरा गर्यौ; अझै बेगले उड्ने रहरले चिन्ताले, व्यग्रताले हामी रातोदिन पिरोलिएकै छौं । आज पोखरामा बसेर गरेको यो विमर्श यही महापथको विचमा उभिएर गरिएको एक गम्भीर चिन्ता हो- एक रिङ्खलेक्सन, अतीततिर फर्केर आरम्भ विन्दु हेर्दै लक्षविन्दुतिर दृष्टि लगाएको यो घडी । मलाई यो एक अर्थपूर्ण चिन्तन लाग्दछ र यो गम्भीर ऐतिहासिक महत्त्वको क्षण पनि ।
आजभन्दा आधा शताब्दीअघिको महाकविको तास्कन्द वक्तव्यमा आज हामीले गरेका चिन्ताको आद्यरूप छ । तास्कन्दमा आयोजित अफ्रो एसियाली लेखक सम्मेलनमा (अक्टुवर ७, १९५८ मा) महाकविले दिएको वक्तव्य एक ऐतिहासिक अभिलेखन थियो । उनले त्यसमा नेपाली साहित्यको जग बसाउनेहरूमा लेखनाथ पौडयाल, पं. हेमराज, सोमनाथ सिग्देल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण, भीमनिधि तिवारी, भवानी भिक्षु माधवप्रसाद घिमिरे, विजयबहादुर मल्ल, जनार्दन शर्मा, मोहन कोइराल, टेकबहादुर, नवीन, हृदयचन्द्रसिंह, जगदीश शमसेर, श्यामदास वैश्णव, कुलमणि देवकोटा, कृष्णचन्द्रसिंह प्रधानर्,र् इश्वर बराल, रत्नध्वज जोशी, गोगिन्दप्रसाद लोहनी, हृदयराज शर्माका नाम लिएका छन् । यी सबैले मिलेर भाषा, साहित्य, व्याकरण, समालोचना विभिन्न क्षेत्रमा गरेका योगदानले त्रिभुवन विश्वविद्यालय र रोयल नेपाल एकेडेमी स्थापना हुने क्रममा थिए ।
त्यसबेलाको साहित्यको मूल्याङ्कन गर्दै महाकविले बोलेका छन्- यसरी प्रजातन्त्रप्राप्तिका वाद १९५० पछि राणा-शाहको लौहदन्डले अवरुद्ध जनभावनाको साहित्यिक बाढी उर्लेर फुट्तछ तर यो पानी प्रचुर भए पनि राजनीति तथा प्रचारवादले धेरै ठाउँ मा धमिलिन गएको पाइन्छ । नवयुगमा हामी धाराका वाहुल्य पाउँ दछौं तर सब कुरा विचार गर्दा आजको ढलक पलायनवाद बाट यथार्थवादतर्फ छन्दको नियन्त्रणबाट मुक्ततातर्फ परम्परावाद बाट प्रयोगवादतर्फर प्रश्नतर्फबढेको पाइन्छ । रुमानी प्रवृत्तिको स्पष्ट विरोध झल्किन्छ । दीनहीन प्रति चौडा जनतान्त्रिक भावना उद्दीप्त भएको पाइन्छ र नयाँ रूप, उक्ति, उपमा तथा चित्रलहरीको छामछुम प्रशस्त बढेको देखिन्छ ।
पचास वर्षबितेर गए । नेपाली साहित्यमा भएको सङ्ख्यात्मक र गुणात्मक अभिवृद्धि, यसको प्रयोग, प्रभाव र विस्तार अकल्पनीय छ तर जब हामी नेपालीसाहित्यको व्यापक परिचयको खोजी गर्र्छौं, अर्कातिर हामी तिनै मूल्यको वरिपरि छौं । त्यसैगरी महाकविले भविष्यको चिन्तामा बोलेका थिए- अव नेपाली साहित्य युगमा केही नयाँ भाव तथा अभाव पनि अनुभूत भैरहेका पाइन्छन् । यसमा जनचेतना, विभिन्नता, नवीनता, र यथार्थवादिताका गुण उत्पन्न हुनाका साथै, अन्तरराष्ट्रिय क्षेत्रसँ गको सम्पर्क को कमी, परिचायक अनुवादको अभाव, र अरू राष्ट्रमा प्रचलित या आविष्कृत नवीन रूप र गतिको र्स्पर्श कम पाइन्छ । त्रिभुवन विश्वविद्यालय, नेपाल एकेडेमी जस्ता उपयोगी संस्थाहरूले यस अभावको केही मात्राको पूर्ति गर्न सहायता देलान् तर यस देशको नवजागृत एसियाली अफ्रि काली चेतनालाई साहित्यिक सम्पर्क र आदानप्रदानद्वारा नै सच्चा स्रोत र दिशा मिल्नेछ, र आजको यो महत्वपूर्ण सम्मेलन यसतर्फो राम्रो कदम होला ।
यसरी २००७ सालपछिको आँखिझ्यालबाट अलिकति प्रकाश छिरेको बेला महाकवि बोलेका थिए । आज २०४७ साल र खासगरी २०६२ सालका मूल ढोकाबाटै प्रकाश छिरेको बेला हामी आङ्खनो समयको पुन र्मूल्याङ्कन गर्दै नवउडानको योजनारेखा कोर्न यहाँ भेला भएका छौं ।

पुनर्मूल्याङ्कन र नयाँ योजना

महाकवि नेपाली साहित्यलाई विश्वसँ ग जोड्न चाहन्थे । उनका ती चाहना म्याक्बेथ, शकुन्तला, प्रमिथस, पच्चीस प्रबन्धजस्ता सङ्ग्रहमा प्रतिविम्वित छन् । आज देवकोटा शतवाषिर्कमा बोल्दा पनि, नेपाली साहित्यको कुरा गर्दा पनि हामी उनकै सर्न्दर्भ लिन चाहन्छौ“ किनभने आङ्खना विराट योजनाको मार्गमा नेपाली साहित्य तीनवटा अभावसँ ग जुधिरहेको देखेका थिए; ती हुन्-
(क) नेपाली साहित्यको अन्तरराष्ट्रिय क्षेत्रसँ ग सम्पर्क को कमी,
(ख) नेपाली साहित्यमा परिचायक अनुवादको अभाव, र
(ग) नेपाली र्सजक पाठकमा अरू राष्ट्रमा प्रचलित वा आविष्कृत नवीन रूप र गतिको र्स्पर्शको अभाव ।
आज पनि हाम्रा समस्या यिनै हुन् । हामी यिनैसँ ग जुधिरहेका छौं ।
अब नेपाली साहित्यलाई अन्तरराष्ट्रिय आँ गनमा पुर्याउन ढिला हुन थालिसकेको छ । परिणामस्वरूप विश्वको समकालीन लेखन (कन्टेम्पोररि राइटिङ) को चर्चा गर्दा अनेक भाषा र साहित्यको नाम आउँछ, नेपाल र नेपालीको आउँ दैन ।
विश्वसमक्ष हामी परिचयहीन छौं, अपरिचयमै आफैं भित्र रमाएर बाँ चेका छौं; कसैले नसुनी, नदेखी, नमानी; यो ठूलो दुखको कुरा हो । शरमलाग्दो पनि । र्
वर्तमान नेपाली साहित्यले अकल्पनीय फडका मारेको छ । यसले अनेक प्रयोगमा भाग लिएको छ, आविष्कार गरेको छ, टड्कारो मौलिक मार्ग खनिसकेको छ । हामीसँ ग विचारमा, शैलीमा, सिर्जनाको शक्तिमा खारिएका आख्यान छन्, निबन्ध, काव्य, कविता, नाटक र समालोचना छन्् ।
ती कुनै पनि उन्नत साहित्यका स्वरूपसँ ग, शैली र विषयवस्तुसँ ग तुलनीय छन्, अब सिर्जनाका सबै विधा र उपविधा सम्पन्न भइसकेका छन् । साहित्यलाई सम्बलित गर्ने साहित्येतर लेखनका विधा र प्रकृतिका लेखनहरू पर्याप्त छन् । भाषा, संस्कृति, समाजशास्त्र, अर्थशास्त्र, मनोविज्ञान, इतिहास जस्ता विषयमा नेपाली माध्यम नै प्रवल भएको छ; दर्शन, भाषाविज्ञान जस्ता विषय लेख्न पनि नेपालीकै प्रयोग हुन थालेको छ ।
उसबेला महाकविले नाम लिएका मध्ये पुनर्जीवित शारदाबाहेक कुनै साहित्यिक पत्रिका निरन्तर छैनन्, तर अरू छन् समकालीन साहित्य, गरिमा, मधुपर्क , रचना, अभिव्यक्ति आदि । फेरि सयौं एफ. एम्. रेडियो स्टेशनले नेपाली भाषालाई अझ भित्री लोक चाहनाको पर्ूर्ती गर्ने भूमिका खेल्दै छ । काठमाडौं बाहिर पनि अनेक ससाना काठमाण्डू जन्मिसके, देशबाहिर अरू सांस्कृतिक देश जन्मिंदैछन्, जहाँ नेपाली भाषा-साहित्य उठेकोउठ्यै छ । बाहिर नेपाली कसरी विस्तारित हुँदैछ भने बेलायतमा मात्रै चारवटा साप्ताहिक प्रकाशन छन्, एउटा रेडियो, एउटा टेलिभिजन, अनेक संघसंस्था र अन्य प्रकाशन, सबै नेपालीकै लागि समर्पित । महाकविको पालामा भन्दा सयौं गुना विस्तारित छौं । हामी यतिखेर तेस्रो विश्वका कतिपय अफ्रि की मुलुक झैं , क्यारीबिअन लेखन झैं , सशक्त छौं । दक्षिण एसियाका श्रीलङ्का, बाङ्लादेश, पाकिस्तान, अफगानिस्तान सँगसँ गै छौं, दक्षिणपूर्वी मलेसिया, सिङगापुर, फिलिपिन्स, थाइल्यान्ड सँ गै छौं तथापि ती राष्ट्रले एसियाली साहित्यको सूचीमा नेपाललाई राख्ने गरेको छैनन् । यद्यपि हाम्रै भगिनी भाषाका साहित्यले अन्तरराष्ट्रिय उचाइ प्राप्त गर्दैछन्; विश्वबजारमा तिनले प्रसिद्धि पाइरहेछन् । आङ्खनो स्थिति हेर्दा यो जत्रो ठूलो चिन्ता केही हुन सक्तैन ।
यी सारा कुराको विश्लेषण गर्दा हामी आज एक नवीन परिस्थितिको सामुन्ने छौं । हाम्रो क्षितिज फराकियो, जिम्मेदारी बढ्यो । नेपाली भाषा र साहित्यको स्थिति र क्षमताबारे हामी घरभित्र ढुक्क र निश्चिन्त छौं, तर जब यसको वा≈य उपस्थितिको कुरा आउँ छ, हाम्रो चिन्ता सुरू हुन्छ । नयाँ पुस्ताको काँ धमा एउटा नौलो जिम्मेवारी आएको छ । त्यो के हो भने नेपाली साहित्यको संरक्षण र विस्तारको निम्ति परम्परित सोचले काम नगर्ने भएको छ । परिवर्तित समय बुझेर नयाँ उपाय र जुक्तिहरू अवलम्वन गर्नु पर्ने दिन आएको छ । देशभित्रै लडेर यसको व्यापक अस्तित्व र पहिचानको लडाइँ नजितिने भएको छ, हामी प्रविधिसँ गै विश्वबजारमा ओर्लिनै पर्ने दिन आएको छ । यो लामो जङ्घार तर्ने बेलामा तिम्रा दर्याउनु पर्ने दिन आएको छ ।

नयाँ समयको लागि केही प्रस्ताव

आज दुइवटा विकल्पको बीचमा उभिएका छौं- या त हामीले यसैगरी छोपिएर बस्ने निर्णय लिनु पर्छ या भएभरको शक्ति उत्पन्न गरेर विश्वदौडको आँ गनमा पाइला टेक्नु पर्छ ।
त्यहाँ पुग्नको लागि केवल चारवटा प्रवेश मार्ग छन् ।
(क) नयाँ माध्यमको प्रयोगले साहित्य परिचय,
(ख) अनुवादले आदान प्रदान,
(ग) भिन्न मूलधारको सर्म्वर्द्धन, र
(घ) अर्न्तर्सञ्जालले व्यापक विस्तार ।
म प्रत्येक बुँदालाई अलिकति बिस्तार गर्न चाहन्छु, किनभने ती हाम्रा गन्तव्य हुन् ।

(क) नयाँ माध्यमको प्रयोगले साहित्य परिचय
नयाँ माध्यम भन्नाले भाषिक माध्यम- शब्दान्तरले मैले अङ्ग्रेजीलाई सङ्केत गरेको हुँ । हाम्रोमा खालिद हुसेनजस्तो अफगानिस्तान चिनाउने; बाप्सी सिध्वाजस्तो पाकिस्तान चिनाउने; सल्मान रुस्दी, अनिता देसाइ, अभिताभ घोष, विक्रम सेठ, वा अरबिन्द अडिगाजस्ता भारत चिनाउने; भिएस नइपलजस्तो क्यारिबिया चिनाउने, नदिन गोर्डिमर वा कोत्सीजस्तो दक्षिण अफ्रि का चिनाउने, ओले सोइङ्का अथाव चिनुवा आचेबेजस्तो पश्चिमी अफ्रि का चिनाउने, माइक्याल ओन्दाजेजस्तो श्रीलङ्का चिनाउने नेपाली लेखक जन्मिएको छैन । ती सबैका मातृभाषा फरक छन् तर अङ्ग्रेजीको प्रयोगले गर्दा आज यी लेखक विश्वसात्यिको धुरीमा पुगेका छन् । यसरी तेस्रो विश्वले मातृभाषा र अङ्ग्रेजी दुवैलाई समानान्तर रूपले अघि बढाइरहेकोले ऊ विश्वमा चिनिँ दैछ; गीताञ्जलीको अनुवादले नोबेल पुरस्कार जित्यो; त्यस यताको भारत अङ्ग्रेजीको प्रयोगमा झन्झन् उत्साहित छ । हाम्रोमा महाकविकै पालादेखि अङ्ग्रेजी लेखन सुरु भयो । उनको शकुन्तला -अङ्ग्रेजी) र बापु एन्ड अदर सनेट्सले हामीलाई यो नयाँ दिशातिर सङ्केत गरिरहेका छन् । आज त्यतातिरको साधना गर्नेको सङ्ख्या धेरै पुगेको छ । तिनीहरूको सिर्जनालाई सङ्गठित व्यवस्थित गरेर विश्वतिर चिनिने एक माध्यम बनाउनु पर्दछ ।
यो वैकल्पिक समय हो । आङ्खनो भाषाले मात्र नपुग्ने भएकाले, अन्यको भाषालाई पनि स्वीकारे त्यसलाई प्रयोग गर्नुपर्ने दिन आएको छ । त्यसैले हामी यो नयाँ माध्यमतिर भन्ने सङ्केत गरेको हुँ ।
दोस्रो कुरा विश्वसाहित्यको अध्ययन अनुसन्धान गर्नेले, यसको अभिलेखन, र इतिहास निर्माण गर्नेले अङ्ग्रेजी माध्यमकै सामग्रीको प्रयोग गरेका छन् । हाम्रोमा धेरै अघि लेखिएको प्रा. अभि सुबेदीको अ र्सट हिस्टि्र अब नेपाली लिटरेचर, बाहेक अङ्ग्रेजीभाषीले बुझनसक्ने कुनै पुस्तक छैन, नेपाली कविताको इतिहास छैन, कथाको छैन, उपन्यासको छैन, निबन्धको छैन- एकसय वर्षो सशक्त र शक्तिशाली नेपाली साहित्यबारे लेखिएको एउटा पनि समीक्षाको कृति छैन । त्यसैले हाम्रो अनुहार प्रतिबिम्बित हुने कुनै दर्पण छैन; त्यसको निर्माण नगरी हामी कतै देखिएनौ भन्नु पनि नसुहाउने कुरा हुन जान्छ । त्यसो त माइकल हटजस्ता विद्वान्ले नेपाली भाषा साहित्यको अध्ययन गरी हिमालयन भोइसेजजस्तो कृति प्रकाशित गरेका छन्, त्यसले पुग्दैन । त्यस्ता अनेक चािहएका छन् ।
यस पर्रि्रेक्ष्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाली भाषाको इतिहास, नेपाली साहित्यको विधागत इतिहास, अझ यसको समालोचना र साहित्येत्तर लेखनको समेत इतिहासको खा“चो छ । ठूलो परियोजना बनाएर धेरै वर्षलगाएर धेरै अर्थ लगाएर यो काम नगरेसम्म हामी कही“ देखिने छैनौं । वर्तमान विश्वपरिवेशले हाम्रो सामू यस्तो परिस्थिति उत्पन्न गरेको छ ।
त्यसका साथै अव प्रतीकजस्तो, नेप्लिज क्लेजस्तो, नेप्लिज लिटरेचरजस्तो, हिमालयन हेराल्डजस्तो अङ्ग्रेजीमा छापिने एउटा स्तरीय, केन्द्रीय र उच्चकोटिको जर्नलको प्रकाशन सुरु हुनु आवश्यक छ जसले नेपाली लेखन र अङ्ग्रेजी लेखन दुवै कुरालाई अघि बढाओस्, जसले विश्वपाठकलाई नेपाली साहित्यबारे जानकारी दिइरहोस् । यसको प्रगतिको र दिशाबोधको निरन्तर जानकारी गराइरहोस् ।

(ख) अनुवादले आदानप्रदान
महाकविले भनेझैं परिचायक अनुवादको केही काम त हुँदैछ तर यसको व्यवस्थित र उद्देश्यपूर्ण विकास हुन सकेको छैन । अनुवादद्वारा अन्य साहित्यलाई नेपालीमा ल्याउने र यताको अङ्ग्रेजीमा लाने दोहोरो कामको मात्रा बढाएर त्यस्ता कर्मको व्यवस्थापन सुदृढ गर्नु पर्दछ ।
त्यसो त नेपाली साहित्य पनि संस्कृतको र विश्वसाहित्यको अनुवादकै जगमा उभिएको छ तर यो अव्यवस्थित, यादृच्छिक र व्यक्तिगत प्रयत्नमा भएको छ । हालसम्म एक हजारजति शीर्षक नेपालीमा आएका छन् भने दुइसयजति शीर्षक अङ्ग्रेजीमा गएका छन् । संख्थागत अनुवादको सङ्ख्या भने अत्यन्तै न्यून छ ।
यसको लागि पनि एउटा केन्द्रीय “सेन्टर फर ट्रान्सलेसन स्टडिज” को स्थापना हुनर्ुपर्दछ जसले प्रज्ञाप्रतिष्ठान अथवा त्रिभुवन विश्वविद्यालयको निर्देशनमा कार्य गरोस् । साथै एउटा जर्नल अब् ट्रान्सलेसनको प्रकाशन आरम्भ हुनुपर्छ जसले अनुवादवारे जानकारी निरन्तर प्रवाहित गर्नसकोस् ।
त्योभन्दा पनि महत्वपूर्ण कुरा यतिखेर नेपाली साहित्यमा चुनिएका केही मास्टरपिसको व्यवस्थित अनुवाद थाल्नु परेको छ । यतिखेर दशवटा कथासङ्ग्रह, दशवटा उपन्यास, दशवटा कविताकाव्यसङ्ग्रह, दश नाटक र केही समालोचनाका नमुना, केही बालसाहित्यका, यात्रासाहित्यका, नारी सिर्जनाका विशेष सङ्ग्रह छानेर अङ्ग्रेजीमा लाने बेला भएको छ । नयाँ लेखनका, क्लासिकल मास्टरपिसका, अन्य मातृभाषीका, डायास्पोरिक लेखनका विविध स्वरूप र शक्तिका करीव १०० शीर्षक कृति अङ्ग्रेजीमा लाने योजना थाल्नु पर्दछ । यो दशवर्षो योजना हुनसक्छ तर यो कुरा उच्च प्राथमिकताको लक्ष्य हुनुपर्छ । यसप्रकार नेपाली लेखनको सिर्जना साथसाथै मूल्याङ्कन र अभिलेखनका कुरा पनि निरन्तररूपले अङ्ग्रेजीमा समेत प्रवाहित भइरहनु पर्दछ । नत्र हाम्रो अनुहार कही“ देखिने छैन । अव नेपाली अङ्ग्रेजीमा समानान्तरताका दिन आएका छन् हाम्रो नयाँ पुस्तामा द्वैभाषिक र द्वैसांस्कृतिक संसारमा अवतरण गर्दैछ ।
अन्यत्रका प्रवृत्ति र प्रयत्नबारे पनि हामीलाई जानकारी निरन्तर भइरहनु आवश्यक छ । लेखनका शैली बदलिए, विषवस्तु बदलिए, आन्दोलन, प्रवृत्ति र थिम निरन्तर परिवर्तित भइरहन्छन् । त्यस्ता प्रवृत्ति, सिद्धान्त र प्रयोगबारे हामीलाई निरन्तर जानकारी हुनु जरुरी छ । भाषिक व्यवधानले गर्दा ओर्हान पामुकको क्षमता थाहा पाइँ दैन, पाइलो कोलोको, सिमस हेनीको, डोरिस लेसिङको, नइपलको, आर्थर गोल्डेनको, जेलेनिकको, भीएस नइपलको । कति अन्यभाषी छन्, जस्तो यसैपालिका नोबेल पुरस्कार बिजेता गुस्ताफ क्लेजिओ । तर चम्किलो लेखाइ हुनेहरू तुरुन्तै अङ्ग्रेजीमा पुगेका छन्- अङ्ग्रेजी र अन्य भाषामा । आर्श्चर्य लाग्छ पाउलो कोलोको द आल्केमिष्ट, डोमिनिक लपिअरको द सिटि अव् ज्वाइ, आर्थर गोल्डेनको गेइसा, झुम्पा लाहिरीको नेमसेक एक दशक नपुग्दै तीसौ“ भाषामा पुगेका छन् । त्यस्ता मास्टरपिस र बेस्टसेलर सयौं छन्, जुन लेखक पाठकको पहुँचदेखि टाढा छन् । तिनमा विश्वस्तरमै उत्कृष्ट शैली, विषयवस्तु, सन्देश हुनसक्छन् । यस्ता अन्तरराष्ट्रियस्तरका मास्टरपिसलाई निरन्तररूपले नेपालीमा भित्र्याउने वा तीबारे जानकारी प्रवाहित गर्ने एउटा संयन्त्रको स्थापना अति आवश्यक छ ।
सिर्जनाको मात्र कुरा होइन, मूल्याङ्कनले पनि नौलो पथ पक्रेको छ । यो दशकको प्रारम्भदेखि ट्वेन्टिफर्स्ट सेन्चुरी क्रिटिसिजम् आउन थालेका छन्, ती परम्पराभन्दा अलग छन् । त्यहाँ साइबर क्रिटिसिजम्, डायास्पोरा क्रिटिसिजम्, इकोक्रिटिसिजम्, इथिकल क्रिटिसिजम्जस्ता र्सवथा नयाँ सिद्धान्त चल्दैछन् । अहिलेको ग्लोबल विश्वमा ती हाम्रो निम्ति होइनन् भन्ने कुनै आधार छैन । सिर्जना र मूल्याङ्कनका नयाँ धार नबुझदा हामी आफैं लेख्छौ“, आफैं रमाउँ छौं; गोप्य आनन्दजस्तो; अरूलाई बुझन नसकी, आफूलाई बुझाउन नसकी अरूले देख्ता एक हास्यास्पद स्थितिको कर्म लाग्न सक्छ ।
आज हामी आफूमात्र लेखि“दैनौं, आङ्खनो मात्र लेख्तै छैनौ“ । वर्तमान विश्वपरिवेशले हाम्रो सामू यस्तो परिस्थिति उत्पन्न गरेको छ । सम्पूर्ण विश्वपरिवेश सालखोल भएको बेला, विश्वनागरिकको चेतना बोकेर विश्वतिर हेर्दै लेखिरहेका छौं । हाम्रो लेखाइमा ग्लोबलताको आभा र यो लोकलताको रङ्ग दुवै कुरा मिसिएका हुन्छन् । आजको पाठक पनि लेखकभन्दा बढी सुसूचित हुने भएकोले हामीले यो पुरानो दियो जलाएर नयाँ ज्ञान सल्काइरहनु पर्दछ । यो पुरानो दियो हो अनुवाद त्यतिखेर लेखक पाठक दुवैलाई आङ्खनो छेउमा राख्नु आवश्यक छ ।
त्यसरी यता हाम्रो चिन्तन र सो अनुसारको सिर्जना फराकिलो हुँदै जान्छ, जानुपर्छ । म भन्छु- यस्ता कुराहरू पढ्न नसक्नेले, नभ्याउनेले, पढ्न छोड्नेले, लेख्न पनि छोड्दा हुन्छ । विश्वपरिवेश नबुझी लेखिरहनु भनेको शक्तिबर्धक घा“सपराल र कु“डो खान नदिई, खुला चउरमा चराउन नलगी एउटै किलामा बाँ धेर गाई दुहिरहनुजस्तो हो; दुब्लाएका भोका गोरु लौराका भरमा जोतिरहनुजस्तै हो ।

(ग) भिन्न मूलधारको सर्म्बर्द्धन
विश्वसाहित्यमा हाम्रो स्थानको चिन्तन गरिरहेको बेलामा हामीले नेपाली साहित्यको परिवर्तित स्वरूपबारे पनि जानकारी राख्नु आवश्यक छ । आज नेपाली साहित्य एक मात्र छैन, अनेक छन् । बेलायतमा लेखिएको छ, अमेरिकामा, हङ्कङ्मा, भारतवर्षा, विश्वका अनेक भागमा । ग्लोबलताले हामीलाई चारैतिर छरे पनि, सूचनाप्रविधिले सधै“ जोडेको छ, हामी सँ गसँ गै छौं, तर भिन्न छौं । यी प्रत्येक जलवायुले, भूगोलले, संस्कृतिले, मनोजगत्ले उत्पन्न गरेका नेपाली साहित्यहरू स्वादमा, रङ्गमा, गहिराइमा, विचारमा केही भिन्न पनि छन् । यस्ता अनेक डायास्पोरिक लेखन मिलेर नेपाली साहित्यको मूलधार बन्दछ । यसभित्र पनि क्षेत्र, जाति, लिङ्ग, वर्ण्र्ााधर्म, भूगोल अनेक पत्र छन्, त्यहाँ पसेर बेग्लाबेग्लै रङ्ग हर्ेर्नु पर्छ फेरि यी सबै कुरा जोडिएको एक समग्रता पनि ।
अनेक डायास्पोरिक केन्द्रका लेखकले नेपाली साहित्यलाई विश्वबजारमा लान सहयोग पुर्याइरहेका छन् । ती ठाउँ मा भएका गोष्ठी, सम्मेलन, पुरस्कार, सम्मान, प्रकाशनजस्ता कार्यले नेपाली साहित्यलाई विस्तारै चिनाइरहेकाछन् । यतिबेला यता जापानदेखि उता अमेरिकासम्ममा खोलिएका नेपाली साहित्यका अनेकौ“ संस्था र सङ्गठन जोडदा एक हजार पुग्छ होला । त्यहाँ नेपालमा मनाइने सबै पर्व उत्सव जयन्ती मनाइन्छन् । नेपाली पुस्तक प्रेमले पढिन्छन्, त्यहाँ पनि नयाँ सिर्जना भइरहन्छ; लेखिन्छ, छापिन्छ, यता आउँ छन्, उता जान्छन् । यो व्यापक ग्लोबल परिवेशले नेपाली साहित्यको गहिराइ र उचाइको विस्तार गर्दैछ । यी सबै कुरा नसमेटी नेपाली साहित्यको समग्रता आउँ दैन । यी सारा परिस्थिति नबुझी कति सिर्जना बुझन पनि सकि“दैन ।
यतिखेर नेपाली साहित्यको सबैभन्दा व्यापक र प्रभावकारी संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) विश्वमै परिचय कायम गर्दैछ । एनआरएन समेत संलग्न यो संस्थाका अनेक पुरस्कार, सम्मान, प्रकाशन र अन्य क्रियाकलापले नेपाली साहित्यलाई टाढाटाढासँ ग जोडिइरहेको छ । यसले राखेको डायास्पोरा पुरस्कार नेपाली साहित्यको एक भिन्न हाँगाको परिचायक र प्रतीक हो । हामीले अन्तरराष्ट्रिय जगतमा देखिने यस्ता अनेक सूत्र र सम्बन्धको सहयोग लिनु आवश्यक छ ।

(घ) अर्न्तर्सञ्जालको व्यापक बिस्तार
सिर्जनाको परिभाषा बदलिएको छ, लेखन, प्रकाशन, वितरण सबै प्रक्रियाको । यतिखेर विश्वसाहित्यको ठूलो अंश साइबरमा छ, साइबर स्पेसमा । यो अर्न्तर्सञ्जालीय महापथको भाषा अर्कै छ । लेख्ने भनेको किबोर्ड हान्ने; पढ्ने भनेको स्त्रिmनमा आँ खा जुधाउने । पठन क्रियामा दृश्य र ध्वनि पनि मिसिएका छन्- विधा बदलिए । त्यो कल्पवृक्षमा विश्व ब्रम्हाण्ड बिसाएको छ, दौडिएको छ ।
हामी अरूको देखेर बुझेर, ढिलोढिलो पसेको प्रविधि समातेर कुद्न थालेको छौं ।
नेपाली साहित्यले अब तीव्र गतिमा अन्लाइन लिटरेचरतिर जाने समय आएको छ । अहिलेको मानिसलाई समय छैन, पुस्तकालय घुम्न धेरैबेर खोज्न, पाना पल्टाउन ऊ चाहदैन । त्यसैले ऊ आवश्यक सूचनाको लागि साइटहरू घुम्छ । रचना लेख्न, छाप्न र प्रेषित गर्न पनि सिधै त्यही“ बन्छ । एक भिन्न संसार निरन्तर बिस्तार हुँदैछ । यस्तो नयाँ समयको मागलाई बुझेर खोलिएका साइटहरुमध्ये नेपाली साहित्यघर डटकम र नेपाली कलासाहित्य डटकमजस्ता साइटले ठूलो योगदान पुर्याइरहेका छन् । दर्ुइ वर्षअघि खुलेको कलासाहित्य डटकम आज विश्वसाहित्यतिरको चिन्ता लिई एक सुदृढ संस्थाको रुपमा विकसित भएको देख्ता ज्यादै खुसी लाग्दछ ।
साइबर प्रविधि र्सवसुलभ र र्सवव्यापी हुने हुनाले धेरै साहित्य इलेक्ट्रोनिक मिडियामै जादैछन् । नेपाली साहित्यले पनि विश्वव्यापी बन्न अब त्यतै लाग्नु पर्दछ । नेपाली साहित्य र र्सजकबारेको समग्र जानकारी, विधागत, विषयगत, कालगत, क्षेत्रगत सारा परिचयहरू वर्गीकृत रूपमा त्यहाँ आइरहनु पर्दछ । विश्वसाहित्यका हरेक भाषा त्यहाँ पसिसकेका छन् ।
नेपाली साहित्य, भाषा, कला आदि विषयमा थुप्रै साइट खुलेका छन्, तिनको संस्था दिनानुदिन बढिरहेको छ । हाल चलेका केही साइटको नाम निम्नानुसार छ, यसमा धेरै छुटेका हुनसक्छन्-

www.iptra.com
www.majheri.netfirms.com
www.nepalirachana.com
www.geocities.com/a472637
www.geocities.com/nepaliliterature
www.geocities.com/sabdankur
www.penhimalaya.netfirms.com
www.sahityasarita.netfirms.com
www.ketaketi.org
www.parades.com
www.gorkapatra.org.np
www.freenepal.com
www.sahitya.com.np
www.hknepal.com
www.nepalipost.com
www.sajha.com
www.tanneri.com
www.thopathopa.com
www.nepaljapan.com
www.chautari.com
www.nepalisahityaghar.com
www.inls.org/
www.nepalikavita.com
www.majheri.com
sahityasarita2061.netfirms.com
sahityasarita.org
www.damadol.com
www.nepalikalasahitya.com
srasta.blogspot.com
kavitakusum.blogspot.com
www.nagarjun.cjb.net
www.freewebs.com/dobato
www.sabdankur.com
www.tistarangit.com
www.shrijana.com
www.ejamana.com
www.nepalikavita.com
www.usnepalonline.com
www.samakalinsahitya.com
manjeeldip.multiply.com
www.sahityasarita.corg

निष्कर्ष
अघि मैले भनें, आज एक ऐतिहासिक क्षणमा उभिएका छौं । आजै निर्णय लिन नसके पनि आजका विमर्शले युवावर्गको काँ घमा एउटा ठूलो जिम्मेवारी बिसाएको छ । अरूले यो गर्न सक्तैन । राष्ट्रको भविष्य उनीहरूकै काँघमा छ । तर यसमा हामी सबैको सहयोगको आवश्यकता छ । एकपल्ट जुटौँ र नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको परिकल्पनालाई मूर्त रुप दिन लागि परौँ । धन्यवाद ।

सर्न्दर्भ

उल्फ्रेज , जुलियन . २००२ . इन्ट्रोड्युसिङ क्रिटिसिजम् एट द ट्वेन्टिफस्ट सेन्चुरी . एडिन्बरा : एडिन्बरा युनिभर्सिटि प्रेस ।
देवकोटा अध्ययन (सं. पद्म देवकोटा) वर्ष२, पूर्णाङ्क २ (२०६४) . महाकवि लक्ष्मीप्रसाद देवकोटा अधययन तथा अनुसन्धान केन्द्र, काठमाडौं ।
परमेश्वरन, उमा . २००७ . राइटिङ द डायास्पोरा . न्यू देल्ही : रावत पब्लिकेसन ।
भट्टराई , गोविन्दराज . २०६४ . उत्तरआधुनिक विमर्श . काठमाडौं : मोर्डन बुक्स् ।
भेनुति, लरेन्स . १९९९ . द स्क्यान्डल्स् अव् ट्रान्स्लेसन . इन्डिया : रुटलेज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *