कोशिस गरेँ तर चिप्लिहालेँ
गन्तव्य बिल्कुलै अमूर्त थियो ।
खोज्दै रहेँ ठहर्ने स्थान
यात्रा लामो बिरानो थियो ।
आफ्नो ऐना खट्खटाएँ
त्यो पनि केही पुरानो थियो ।
कथा सुनाउँथेँ कसलाई म
त्यो अझै मनगढन्ते थियो ।
दुःखको आँसु कसरी पिउँनू
चियर्सको आवाज गुञ्जिएको थियो ।
सुनाउन सकेन ‘राज’ले दिल खोलेर
उसको पनि आफ्नै व्यथा थियो ।
–नरेन्द्र देव
राजविराज–९, सप्तरी । मो. नं.– ९८१४७५०४४७
शैक्षिक योग्यता– एम. एस्सी. (गणित)
लेखन विधा– कविता, कथा, नाटक/एकाङ्की
भाषा– हिन्दी, मैथिली, नेपाली
साहित्यिक यात्रा प्रारम्भ– वि.सं. २०५०
