Skip to content


बिर्सिदियौ तिमीले आज जुन पाएपछि
चाँदीको मतलव छैन आज सुन पाएपछि

मेरो सोच नै थिएन तिमीले अतित भुल्छौ
दुखेको घाऊ पोल्न छाड्यो रुन पाएपछि

तिम्रो लागि कति पर्खु यो वर्खे झारीमा
चाख्नुको अर्थ के थियो र छुन पाएपछि

अभागी कालिकोटे

Leave a Reply

Your email address will not be published. Required fields are marked *