Skip to content


कविहरू फरार छन्
अचेल कविताको एउटै गुनासो छ
कविहरू
आफूले बुझ्ने मात्र कविता लेख्छन्
स्व पीडा
निचोरेर कति
फूलहरूको चिरहरण गर्नु,
आफ्नै कुण्ठा
टुक्रयाएर
अचानामा
पर्वतहरू टुक्राटुक्रा बनाएर
सलाद बनाउन
कम्ती दुःखानुभूति छैन
कवितालाई,
व्यवहार नहेर्ने
अभिभावक
कक्षा नलिने
प्राध्यापक
वा चुनाव क्षेत्र नजाने
निर्वाचित सभाषद्
सबैसबै उस्तै हुन्,
समवेत चरित्रहरू
विद्रूपता ओकलिरहेछन् ।

पेशल आचार्य
मोबाइल ९८४४०४४०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *