छातीमा किला ठोकेर गड्छ पीरको पहिरो
दुरुस्तै बनाई रमाउन खोज्छु बन्छ झन् झन् गहिरो
यो मायाको पहिरो
बाटो लामो छ छुट्टिने हो कि डर लाग्छ
ब्याथाको आहालभित्रभित्रै पनि किन तिम्रै भर लाग्छ
बोलाउन खोज्छु तिमीलाई बस्ती पनि भइदिन्छ बहिरो
यो मायाको पहिरो
शब्द – भूपेन्द्र खड्का
स्वर, संगीत – अर्जुन कुमार
चलचित्र – फिट्किरी
