शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का,
नाकैमा फूली मेरो आँखैमा गाजल
मै नाँच्छु छमछमी बजाइदेऊ न मादल
उडुँ-उडुँ लाग्छ मलाई चरी बनी आकाशैमा
भुलुँ-भुलुँ लाग्छ मलाई त्यो जूनको प्रकाशैमा
के भयो मलाई यो लौन आजकल
मै नाँच्छु छमछमी बजाइदेऊ न मादल
आफ्नै छ पारा मेरो बेग्लै छ आनीबानी
कोहीको मन बिझाउने काम गर्दिन जानी जानी
आउँदैन गर्नलाई जाल झेल अनि छल
मै नाँच्छु छमछमी बजाइदेऊ न मादल
शब्द, संगीत – वसन्त सापकोटा
स्वर – मेलिना राई
चलचित्र – हाउ फन्नी
