
संविधानको विशेषता
संविधानका त्रीदेवी, नेपालका शिखरमा,
लोकतन्त्र संरक्षिका ,संविधानकै देनमा ।
छैनकतै विश्वमा, तीन नारी एकसाथ ,
तीन अंगका प्रमुख, उदाहरण एकसाथ ।
संविधान नेपालको, अत्यन्त यो लचिलो छ,
विदेशीले पनि यहाँ, शहीद बन्न पाउँछ ।
नानी पानी भोग्न पनि , विश्वलाई अधिकार,
‘वसुधैव कुटुम्बकम्’, नागरिक अधिकार।
जल भूमि जडीबुटी, चाहे जति दिन हुन्छ,
आएजति परिवार, ज्वाइँका पाल्न हुन्छ ।
मुख्यमन्त्री त होइन, प्रधान नै दिन मिल्ने ,
अबको संशोधनले, भनेकै छौं हुन्छ मिल्ने।
विश्वको उत्क्रिष्ट राम्रो, मान्नु पर्छ संविधान ,
उदार नेपाल हाम्रो, मान वा तिमी नमान ।
