Skip to content

हृदयको चित्कार

MinitaPoudel


म जलेको हृदयको चित्कार लेख्छु गजलमा,
निमुखाहरूको पीडाको आकार लेख्छु गजलमा

कयौं भोकै मरेकाछन् चुल्हो चिसो भएर नै,
मर्नेहरूकै व्यथालाई बार बार लेख्छु गजलमा

मुस्तांग गाडी चडी हिड्छन मन्त्रालयका बाबुसाहेब,
शीतले कठ्यांग्रिने पैतालाको संसार लेख्छु गजलमा

जित्नु छैन मलाई त समुद्र यो दुखको पोखी,
जानी जानी पनि आफ्नै हार लेख्छु गजलमा

बाँच्दा आकाशको छानो मर्दा आर्यको घाट त छ,
त्यसैले मेरो जिजीविषाको सार लेख्छु गजलमा

म जलेको हृदयको चित्कार लेख्छु गजलमा,
निमुखाहरूको पीडाको आकार लेख्छु गजलमा

मिनिता पौडेल
काठमाडौँ
हाल : चरिकोट, दोलखा

2 thoughts on “हृदयको चित्कार”

  1. गजलकाे ढाँचामा लेखिएकाे रचना
    गजलकाे ढाँचामा लेखिएकाे रचना सुन्दर छ । भाव र विचारहरू समसामयिक छन् । मजेरिमा मैले पहिलाे पटक पढ्न पाएँ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *