Skip to content

तीन मुक्तक (जुन सरकार आए पनि)



जुन सरकार आए पनि देश फेरिएन
दुखी गरिब निमुखाको भेष फेरिएन
सर्वहारा वर्गले न त मुक्ति पाए कठै !
चाहनामा लागिरहने ठेस फेरिएन


माओ सिद्धान्त बोक्नेले देशलाई ओडाइसके कपन
पत्याउदैनन जनताले अब झुटा तिम्रा आश्वासन
जातीयता र धर्मको नाममा चलाएर आँधी तुफान
खबरदारी नेता गर्न पाइन्न देशलाई विभाजन


सबै नेता उस्तै गद्दार छन् यहाँ
छल कपटका सरकार छन् यहाँ
कसरी हुन्छ खै उन्नति र प्रगति
कालो धन्दा गर्ने बजार छन् यहाँ

कल्पना पौडेल ” जिज्ञासु ”
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल

1 thought on “तीन मुक्तक (जुन सरकार आए पनि)”

  1. बैनीले यसलाइ कविता वा गजल के
    बैनीले यसलाइ कविता वा गजल के भनेर लेखेकाे हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *