
शिव पार्वती प्राचीन, नेपालको हिमालमा
धाम ताप्दै बसी दुबै,गोसाईँ कुण्ड तटमा ।
योगको भयो चर्चा, उत्सुक पार्वती पनि,
जति जीव त्यति सबै, योगका आसन भनि,
चौरासी लाख वर्णन, थाले भन्न सुनिन् पनि ।
पति साथ एकान्तमा, तनमन समर्पण ,
थालीन् सुन्न योगको , रहस्यमय वर्णन ।
काखैमा निदाइन् देवी , सकिनन् सुन्नत सबै ,
कुण्डको जलमा एक, मत्स्यले सुने छ सबै।
थालेछ गर्न अभ्यास , जीउले नमिले पनि,
कपाल तल पुच्छर . शिर्षासन अरू पनि ।
माछोले गरेको योग, देखी हर्षित शिव,
त्यहींको जल सेचन , माछोमाथि गरे शिव ।
माछो बन्यो राम्रो नर, उद्धार गरे शिवले ,
सिकाए योग दर्शन, आसन सबै हर्षले।
एउटा मत्स्यआसन , रह्यो नाम आज पनि,
प्रसिद्ध मानिस नाम . मत्स्यन्द्रनाथ ऊ भनि।
गोरखनाथ उनको, शिष्य योग सबै सिके,
उनैबाट सब यहाँ , योग विद्या सब सिके|
नेपाली भूमिमा जन्मे, गुरु शिष्य दुबै जना,
यही कुरा वेदमा नै, व्यास लेखे दमौलीमा।
त्यसैले योगको जन्म, नेपालमा भएकोहो,
मत्स्यन्द्रको रथ यात्रा, पूजा आज भएको हो ।
दुई हजार छत्तीस, सालमा नै भनेको,
योग दिवस मनाऊँ, माघे संक्रान्ति परेको।
विश्वको योगदिवस, सुनेन सरकारले ,
भन्यो न्यूयोर्कमा गई, छिमेकी त्यही उसले ।
भनौ एक्काइस जून, विश्व योग दिवस नै,
त्यसैले आज भन्दै छौ, योगाभ्यास गरौँ सदै।
