Skip to content

पन्चेन्द्रीय

नेत्र
रूप यौवन सम्पन्न, सुगन्धित पुष्प तिमी
नयनाभिराम द्रिष्य, मन्द मन्द वायु झुमी ।
आकर्षित नेत्रेन्द्रीय , बाल ब्रिद्ध युवा सब
खिँच्छ्यौ आफैतिर किन, अद्रिष्य बनन अब ।
कर्ण
कर्ण प्रिय संगीतमा , भ्रमरसित नाचेर
श्रमणेन्दीय आकर्षित, गर्छ्यौ नि भन सोचेर ?
नासिका
सुगन्धित वासना त, नासिका प्रिय सेवन
मन्द मन्द वायु भन्छ, तिम्रै हुँ म गर सेवन ।
जीभ्रो
गुलियो मीठो चाहिने, जीभ्रो तिम्रो खाने बानी
चिनी खाएर चिनी नै, रोग दिने कस्तो बानी ?
छाला
सुगन्धित पुष्प पत्र, शीरमा सिउंरी कन
नरम बदन मात्र, छुन खोज्ने किन भन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *