मेरो चैन मेरो खुसी
जिन्दगी यो बाँचिसकें
दिन्छौ भने एउटा फुल
आरु फुल दिए हुन्छ
बिहानी त्यो सूर्यसँगै
एउटा गुलाफ दिए पुग्छ
मेरो खुसी मेरो चैन
जीवन यो साँचिसके
हिड्दा अब पैतालालाई
लर्खराए कतै भने
बैशाखी त्यो टेकी हिड्ने
भई दिए ज्यानलाई पुग्छ
मेरो चैन मेरो खुसी
जिन्दगीलाई हाँसिसके
मिठो भाका मिठो लय
हिजो अस्ति गाइसकें
चोटहरू ठेसहरू
नलागुन ती तिमीलाई
तिम्लाई चोट लाग्दा खेरी
यो मुटुमा चोट लाग्छ
मेरो खुसी मेरो चैन
चमेली त्यो दिए पुग्छ !!
