Skip to content

तिम्रै लागि बाँचेको मान्छे


माया गर्छु तिमीलाई अति, म त तिम्रैलागि बाँचेको मान्छे,
दुख पीडा मन भित्र लुकाइ, तिम्रै लागि हाँसेको मान्छे ।

कति आए कति गए माया तिमीलाई गर्छु भन्ने,
तर दिल अनि कोमल बैँस तिम्रैलागि साँचेको मान्छे ।

नजाऊ मलाई छाडी बिलाउनेछु तिम्रै यादमा,
तिम्रो माया पाउने आशमा आजसम्म बाँचेको मान्छे ।

दुख सुख जे परे नि तिमीलाई साथ दिउँला सधैँ
आऊ समाउ मेरो हात म त तिम्रैलागि बनेको मान्छे ।

माया गर्छु तिमीलाई अति, म त तिम्रैलागि बाँचेको मान्छे।।

२०७२ चैत ६ गते सनिवार १६:३८,
लेखनाथ-१२, कास्की
www.sanjaybhattarai.wordpress.com
www.twitter.com/ImSan_Jay

Leave a Reply

Your email address will not be published. Required fields are marked *