मेरा आदरणीय काव्य गुरुको उच्चाइ के छुन्छु म
पढ्दै भावविभोर हुन्छु किन हो के हुन्छु के हुन्छु म
व्यर्थैमा कविता भनेर अहिले के तुन्छु के तुन्छु म
धागै उन्न समेत सक्तिन मता माला कहाँ उन्छु म ?
राम्रां विम्बहरू तुनेर कविता लेखूँ म भन्दै थिएँ
चोखा भावहरू चुनेर कविताको प्राण भर्दै थिएँ
अाफ्नो काव्य उचाइबाट अहिले केले कता छेखियाे ।
आफ्नो काव्य कला छ वामन बुझी यो होम लौ पन्सियो ।।
