इच्छाराम सानो छँदा उसको बुबाको मृत्यु भयो । उसलाई उसकी आमाले पालन पोषण गर्दै रहेकी थिइन् । समयले कसैलाई पनि छाड्दो रहेनछ । इच्छारामकी आमालाई लगातार ज्वरो आयो । उनी थला परिन् । केहीदिनपछि उनी पनि मृत्युको मुखमा पुगिन् ।
बिचरा इच्छाराम सानो भएकोले काम गरी खान सक्ने हालतको पनि थिएन । गाउँघरका मानिसहरूले उसलाई खाना ल्याइदिने गर्थे । खाए नखाएको हेरविचार गर्थे । यो क्रम केही दिन त चल्यो । पछिका दिनहरूमा कसैले पनि हेरविचार गर्न चाहेनन् । विचरा इच्छाराम घरमा कति दिन त भोकभोकै रहृयो तर पनि इच्छारामले अरूको घरमा जाने गरेन । अरूलाई दुःख दिने विचार राखेन । बरु भोकै बस्न रुचायो । घरमा बसेर रोइरहृयो । उसको यो अवस्था भगवान्लाई थाहा भयो ।
भगवान्ले एउटा राम्रो र इमानदार घोडालाई उसको घरमा पठाइदिनुभयो । सो घोडालाई भगवान्ले भन्नुभयो – “तैँले त्यो भोको स्वाभिमानी बालक इच्छारामलाई यहाँ ल्याउनु” । घोडा पनि आज्ञाकारी थियो । उड्न सक्ने थियो । त्यो घोडा वेगले उड्यो । थोरै समयभित्र नै इच्छारामको घरमा पुग्यो । घोडाले इच्छारामलाई बोलायो । बालक ….. ए बालक ।
इच्छारामले यताउति हेर्यो । केही पनि देखेन । एउटा सुन्दर राम्रो घोडा मात्र देख्यो । घोडाले पनि ठान्यो – “यो बालक मलाई देखेर डराएजस्तो छ । त्यसपछि घोडाले भन्यो – “बालक तिमी नडराऊ । म तिमीलाई सहयोग गर्न आएको हुँ । तिमी मेरो पिठ्युँमा बस । तिमीलाई राम्रो लुगा लगाउन र मिठो खाना खान पाइने ठाउँमा लिएर जान्छु । यसो भन्दै घोडा भुईंमा बस्यो र आˆनो पिठ्युँमा बालकलाई बस्न सजिलो हुने गरी आˆनो जिउ मिलायो ।
बालकले भन्यो – नाइँ म मेरो घर छाडेर कहिँ पनि जान्न । मलाई अरूले माया गरेर के गर्नु ? मेरो बा-आमा कोही हुनुहुन्न । मलाई कसले माया गर्छ र ? खान पाए पनि नपाए पनि म आˆनै घरमा बस्छु । बालकको यस्तो कुरा सुनेर घोडाले फेरि भन्यो – “बालक हठ नगर । म कदापि तिमीलाई दुःख हुन दिने छैन । आऊ मेरो पिठ्युँमा बस । तिमीलाई नलिई म यहाँबाट जान्न । घोडाले फकाएपछि बालक पनि घोडाको पछि लाग्यो ।
इच्छारामलाई घोडाले भगवान्को दरबारमा लग्यो । त्यहाँको झलमल रमाइलो देखेर बालक अलमलमा पर्यो । उसले त्यहाँ भगवान् हैन, आˆनै बा-आमाको अनुहार देख्यो । त्यसपछि ऊ अति खुसी भयो । बा-आमा भन्दै भगवान्को नजिक गएर इच्छाराम झुम्मियो । भगवान्ले उसलाई छिटै नै ठूलो युवक बनाइदिनुभयो । त्यसपछि भगवान्ले उसलाई तीनवटा कुराहरूको ज्ञान दिँदै भने – “तिमीलाई अब दुःख हुँदैन । सधैं मिहिनेती र स्वाभिमानी बनेर तिमीले काम गर्नु । अब तिमी तिम्रो घर जाऊ । यस्तो भन्दै इच्छाराम नवयुवकलाई उसकै घरमा पुर्याउन उही पहिलेको घोडालाई खटाउनुभयो । भगवान्ले घोडालाई भन्नुभयो यो इच्छाराम कस्तो कस्तो काम गर्छ तैँले हेर्नु । उसले काम गर्दा बिरायो भने तैंले त्यसको सङ्केत उसलाई दिइहाल्नु । उसले काम बिगार्न नपावस् ।
भगवान्को यो भनाइपछि उसले आˆनो बा-आमाको अनुहार पनि देखेन । उसलाई तीन कुरामा आत्मबल बढेको अनुभव हुँदै आयो । जुन कुराको शक्ति भगवान्ले दिव्यदृष्टिबाट उसलाई दिइसकेका थिए ।
घोडाले पहिलेझैँ इच्छारामलाई पिठ्युँमा बोकी उसको घरमा ल्याइदियो र भन्यो – “तिमीलाई प्राप्त भएको बुद्धिअनुसार काम गर । तिम्रो काम म केही दिन यहीँ बसेर हेर्छु अनि मात्र म स्वर्गलोक जान्छु ।”
इच्छारामलाई बुद्धि, विवेक र जाँगर तीनवटा कुरा भगवान्बाट प्राप्त भएको थियो । उसले यो तीनै कुरा विचारेर काम गर्दै गयो । पहिलेदेखि नै ऊ स्वाभिमानी त छँदै थियो । सबै परिबन्द मिलाएर इच्छारामले काम सम्पन्न गर्दै गयो ।
इच्छारामको प्रगति देखेर गाउँमा मानिसहरू डाहले भुतुक्क भए । इच्छाराम कसरी यस्तो प्रगति गर्नसक्ने भयो भनेर गाउँलेहरूले खोजि नीति गरे । घोडाको बुद्धिले उसको प्रगति भएको उनीहरूले ठाने । गाउँका अरू मानिसहरूले पनि उक्त घोडासँग आˆनो दुःख पुकारा गरे । घोडालाई खुसी पार्न हरतरहले चाकडी गरे तर घोडाले अरू कसैको पनि माग पूरा गरेन । तिनीहरू सबै दिनका दिन गरिब बन्दै गए ।
त्यसपछि एउटाले भन्यो – “त्यो घोडालाई यो टोलमा राख्न हुँदैन ।” त्यसले इच्छारामबाहेक अरूलाई मानिस नै गनेन । गाउँका मानिसहरूको यस्ता कुराहरूको व्यहोरा घोडाले मनमा राखिरहेको थियो । उसले भगवान्लाई सबै बेलिविस्तार लगाउँदै गयो । जो जो मानिसले इच्छारामको डाह गरेर आˆनो धन बढाउन घोडालाई पुकारेका थिए ती सबै गरिब हुँदै गए ।
एकदिन घोडाले इच्छारामलाई भन्यो – “अब म यहाँ बस्ने समय सिद्धियो तिमी आˆनो खुट्टामा टेकेर बाँच्नसक्ने भयौ । म अब भगवान् कहाँ नै जान्छु ।”
इच्छारामले त्यो घोडामा नै आˆनो अभिभावकको छायाँ देख्यो । उसले घोडालाई पूजा गर्यो । घोडाले हेर्दाहेर्दै त्यो ठाउँ छाडेर अलप भयो । हरायो । त्यो दिनदेखि इच्छारामले घोडाको नाममा वर्षैपिच्छे श्रद्धापूर्वक दान गर्न थाल्यो । जति जति इच्छारामले दान गथ्र्यो । उसको इमान, बुद्धि, विवेक र जाँगरले गर्दा दोब्बर धन कमाउँदै गयो । उसको जीवन निकै सुख र सन्तोषका साथ बित्न थाल्यो ।

म नेपाली हु । मलाई मेरै नेपाल
म नेपाली हु । मलाई मेरै नेपाल मन पर्छ । यो कथा को सार ले मलाई छोयो । यो कथाले मलाई सधैं राम्रो काम गर्नु पर्छ । तेसको फल पनि राम्रो नै हुन्छ भन्ने कुरा मजले बुझ्ने गरी लेखेको मा मलाई ज्यादा खुशी लागेको छ। रामेस्वर प्रसाद प्याकुरेल
http://www.vikram_sharma690@yahoo.com