नखिले फूलहरू न भूल्यो मन कतै
सास्ती यो मुटुलाई छट्पटी नै सधैं
तप्त छ शरीर छैन मन यो साथ
बिसम्य छ जिन्दगी भोग्छ प्रीत आघात्
दूर थियो मन पनि आँखा यी जुधेनन्
मन थियो पापी तरै ती भूलेनन
कता भो के के मुटु पनि धकधकियो
भयो गुन्जन मुटुमै मन मुटु फटफटियो
न देख्दा तर्सने अन्यो ल भयो सृजना
गर्तमा रहेको इच्छा लाग्यो पलाउन
चाह नै उँदाउँछ उठाउँछ बसाउँछ
छैन अधीन केही पनि याद तिम्रै आउँछ

मित्र नारायणजी पद्य कविता
मित्र नारायणजी पद्य कविता भन्नासाथ ता छन्दमा लेखिएकाे बुझिन्छ । याे ता कुनै छन्द देखिन्न त। कि मेराे छन्द ज्ञानकाेकमी पाे हो कि । लाै केही जानकारी पाउँ ।
छन्द र पदध
विधामा छन्द र पदध छुट्ट्याएको ले गदध उल्लेख न गरी पदध उल्लेख गरीएको हो अन्यथा न ली दीउ