लहर लहर पानीका उत्ताल तरङ्ग
कलरब भाँचिएका बिहानहरू
फुल कोरल्न नसकिरहेका खेचरहरू
अल्छी नेताहरू
समवयी हुन्,
शीतविन्दुले नुहेको पल्लव
कृतिबाट बोझिल लेखक
कवि या कलाकार
माछा मारिरहेको सक्रिय माझी
अवकासको क्षणपल कुर्दै
कसी लगाएर
सुन जाँचिरहेको खजान्ची
एकैएकै हुन्,
क्रीडोन्मुख
देहद्वयहरू
श्रीभएकी स्त्री
बाछालाई
दूध चुसाइरहेकी गाई
पाक्न लागेको धानको गह्रा
उस्तैउस्तै हुन्,
यत्नका पहाडहरू
आरोहण प्रयत्न
जीवन रहेसम्म चलिरहन्छ ।
पेशल आचार्य
मोबाइल – ९८४४०४४०८३
