Skip to content


तालको पानी माछीले खाने
पिरिमसित जाने कि नजाने

हाँगो नाँच्ने बन्चरी त आकाशैको बाज
जुगौं भयो पिरिम् भा’को बल्ल भेटो आज
सुनको अम्ठी शिलमुन्द्री साथ लिई आम्ला
बात लागे नेपाल जाम्ला ऋण परे तिरम्ला

सत्ते जुगको झूलो चकमक कली युगको सलाई
रातको नीद दिनको सुर्ता साध्य छैन मलाई
फूलपाती देउरालीलाई भाकल गरी आएँ
ज्यानको माया पाऊँ भनी कसम मैले खाएँ

शब्द, संगीत – अमृत गुरुङ (नेपथ्य)
एल्बम – भेडाको ऊन जस्तो

1 thought on “तालको पानी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *