Skip to content


सुकर्म नै मनुष्यता
निष्काम नै मानवता ।
सङ्घर्ष रहन्छ मृत्युपर्यन्त
प्रयत्न नै लगनशीलता ।

मूर्धन्य हुन्छ जीवन
यथार्थ रहन्छ मरण ।
सुख–दुःख नै जीवन चक्र
इच्छा हो सम्पूर्णता ।

परिपूर्ति नै कर्मशिलता
पहिचान नै सामाजिकता ।
सङ्कल्प हुनुपर्छ साम्यता
उद्देश्य रहनुपर्छ परोपकारिता ।

–नरेन्द्र कुमार देव
राजविराज–९, सप्तरी
मो. नं.– ९८१४७५०४४७
शैक्षिक योग्यता– एम. एस्सी. (गणित)
लेखन विधा– कविता, कथा, नाटक÷एकाङ्की
भाषा– हिन्दी, मैथिली, नेपाली
साहित्यिक यात्रा प्रारम्भ– वि.सं. २०५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *