
पहाड, हिमाल, तराइ हेर क्या छ सिरलिक्क, हासेको देश हाम्रो
सर्बोच्च शिखर सगरमाथा हेर क्या छ टिरलिक्क, हासेको देश हाम्रो
बन, पाखा, पखेरु र पधेरु चारैतिर अनुपम छटा र द्रिश्य संग
मितेरी लाउदै छम-छम नाच्दै छ छिरलिक्क, हासेको देश हाम्रो
हरयाली बशन्तमा चह-चह गाउदै उडि हिड्ने चरा चुरिंगी संग
कम्मर कस्दै हरिण र मृग संग छ निरलिक्क, हासेको देश हाम्रो
बर्षायामको बर्षा संग ऋतुले पनि डाडा-काडा संग साइनो गास्दै
नदि, नाला, झरना संग संगै बहदै छ झिरलिक्क, हासेको देश हाम्रो
एभरेस्ट को त्यो उचाइ संगै तराइ को त्यो समथर भुमि, मैदान, फ़ाट्ले
हेर्दै सत्यमा चिन र भारात लाइ लाग्दछ, मिरलिक्क हासेको देश हाम्रो
राज भण्डारी (विवश)
दुबई, युएई
