Skip to content


मङ्सिर महिना, भर्खर झरीका दिन पार गर्दै चिसोले स्वागत गर्दै गरेको महिना । यसैसँगै सुरु हुन लगेको मेरो जीवनको नौलो अध्याय । भर्खर स्कुले पढाइसकेर कलेज जीवन सुरु गर्दै थिएँ म । स्वास्थ्य मेरो पहिलो रोजाइ । अनि त्यसैलाई सफल बनाउन सुरु गर्न लगेको मेरो अध्यान एच ए ।

कलेजको पहिलो दिन थियो । म अलि ढिलो उठ्न पुगेछु । मङसिरे जाडोले हो कि कलास ६ बजे सुरु हुन्थ्यो । म ब्यूँझिँदै त्योभन्दा ५ मिनेट समय ज्यादा भैसकेको थियो । जाडोले बिस्तारा छोड्ने मन नहुँदा-नहुदै पनि म हतारिएर उठे र फ्रेश हुन लागे । कलेज जाने क्रममा ममा छुट्टै किसिमको डर पैदा भयो । पहिलो क्लास, म झण्डै आधा घण्टा ढिलो जादै थिएँ ।

कलेजभित्र छिरेर सिधै नोटिस बोर्डतिर हेरेँ । हाम्रो कलास डि ब्लकको ३ नं रुममा चल्दै रहेछ । अरु वास्ता नगरी म सिधै कलासतिर लागें । मेरो आगमनले कोठाको एकाग्रता भंग हुन पुग्यो । म डराउँदै भित्र छिरे र अन्तिम बेन्चतिर लागें । पहिलो दिनमै डा संयोग पौडेल सरले Anatomy को कलास लिदै हुनुहुँदो रहेछ, भर्खर परिचय सकेर । म नजिकैको साथी भन्दै थियो । उसको नाम समीर रहेछ – समीर शर्मा घर म्यग्दिरहेछ ऊसँग छोटो परिचय भयो। मेरो कलासका अरु साथीसँग परिचय भएको थिएन ।

एकैछिनमै मेरो नजर अर्को तर्फको अन्तिम बेन्चतिर पर्न गयो एउटी निकै सुन्दर केटी बसिरहेकी थिई । उसले पहेलो कुर्था लगएकी थिई, आँखामा बाक्लै गाजल लगाएकी, उसका आँखा निकै नसालु देखिन्थे । मेरो नजर ऊसँगै जोडले ठोकिन पुगे । मनमा छुट्टै कतुहलता महसुस हुन थाल्यो । मेरो ध्यान anatomy कलासभन्दा ऊतिर नै गयो । घडीमा सात बज्नासाथ घण्टी पनि बज्यो । पिरियड सकिएको जनाउदै सर आजको कलास सकियो भन्दै हाजिर उतार्न थाल्नुभयो । योसँगै मनमा एउटा नौलो आस पलायो, उसको नाम सुन्ने । तर म जति खुसी थिए त्यति नै दुखी बने कारण सरले नाम होइना रोल नं अनुसार बोलाउन थल्नुभो मेरो रोल नं ५ रहेछ । फेरि मेरो ध्यान ऊतिरै गयो उसको रोल नं रहेछ १३ । ऊ चुलबुले भए पनि बेला बेलामा मतर्फ हेरिरहन्थी । अनि म उसको नजरबाट भागी अगाडि हेरेको नाटक गर्थे ।

पिरियड ग्यापको समयम मेरो थप २ जना साथीसित परिचय भयो । एउटाको नाम नरेश रहेछ, ऊ हुम्लाको थियो । अनि अर्को चैं अमोल, ऊ नेपालगन्जको थियो । योसँगै हाम्रो ४ जनाको छुट्टै समूह बन्यो । साथी त्यस्तो नाता जो बन्न कुनै चिजको आवास्यकता पर्दैन ।

नियमित कलास चल्दै गए । समय छुट्टियो ब्रेकको लागि हामी ४ जना जुन भर्खरैको दौंतरी थियो । लाग्यौं खाजा खान क्यन्टिनतर्फ । सबै कलासको ब्रेक टाइम जुधेर होला क्यान्टिन खचाखच भरिएको थियो । कुनामा एउटा टेबल खालि थियो । त्यो पनि ३ जना मात्रै बस्न मिल्ने । हामी त्यतै लाग्यौ । तीन जना साथीहरू पालै पालो बस्दै गए, अभाव ममा खड्कियो । तल हेर्ने बित्तिकै मेरो नजर फेरि ऊसित ठोक्किन पुगे । जो पहेलो कुर्तामा थिई, अन्तिम बेन्चमा ।

कतैबाट मधुर अवाज आयो “बस्नुस्” भन्दै । मेरो ऊतिर रहेको एकाग्रता भङ्ग भयो । त्यो आवाज उसैको थियो जसलाई म बिहानदेखि पछ्याइरहेको थिएँ । मैले बल्ल ख्याल गर्न भ्याएँ – एक जना बस्ने ठाउँ खालिरहेछ । मलाई त्यहाँ बस्न अलि सङ्कोच लाग्यो । हिम्मत गरेरै बसे । हामी खजा खानै तल्लिन भयौं । मनमनै सोचें म भाग्यमानी नै रहेछु । मनले छोएको उनी, उनीसँगै खाजा खाँदै म, तर अपरिचित ।

मेरो मनभित्रको एउटा कौतुहलताको अँझै निराकरण भएको थिएन उनीसँग परिचित पात्र बन्ने । यत्तिकैमा उनी मेरो सामुन्नेबट विलय भइन् । नाजवाफ मेरो मनलाई लिएर नै छुट्टिनुपर्ने बेला भयो । म सिधै आफ्नो कोठातिर लागें, रामरेखा । मन निकै चञ्चल बन्यो । यस्तो लाग्यो उसको त्यो चुलबुले बानी मैमा समाहित भयो । एकै नजरमै बिना चिनजान । दिन र रात उसकै कल्पनामा बित्यो । मनमा ऊसँग जोडिने तारङ्ग लिएरै सुतें ।

बिहान ४ बजे नै निद्राले आँखाको सामीप्य छोड्यो । केही समय छटपटीमै बित्यो, तयार भई लागें कलेजतर्फ ।

संयोग भनौं या के भनौं मेरो भेट उनैसँग भयो दूरसंचार रोडमा । उनी हिजोकै पहिरनमा थिइन् । मनमा नानाथरि कुराले भुइँचालो निम्त्यायो । मेरो लागि उनीसँग परिचित हुने सुनौलो अवसर थियो, त्योभन्दा बढी डर पनि । हिम्मत् गरेरै त्यो संवादविहीनतालाई तोड्न खोजे,”तिमी बस्ने कता ?”

केही छिनपछि मधुर स्वरमा जवाफ आयो,”यही नजिकै चोकबाट भित्रतर्फ । हजुर नि ?”

“म रामरेखा ।”

“ए ए ।”

“कहाबाट हो नि ?”

“पर्वत, अनि हजुर ?”

“बाग्लुङ । अनि तिम्रो नाम नि ?” यो प्रश्न सोध्दै गर्दा मन सशङ्कित भयो ।

“भावना, भावना शर्मा ।”

नाम सुनेपछि मेरो मनले भन्यो – सायद मेरो भावना बुझाउन खोज्नेको नामै भावना परेछ ।

परिचय नसकिदै हामी हाम्रो कलेजको गेट नजिकै पुगेछौ । धौलागिरी प्रविधिक शिक्षा प्रतिष्ठान हामी पढ्दै गरेको कलेज । जुन गुठीमा थियो । कलेज प्रवेश हुँदा अलि चाँडो भएर होला त्यति साथीहरू उपस्थित थिएनन् । कलासतिर लाग्यौं । मेरो साथी समीर आइसकेको रहेछ । हामी आफ्नो साथी पक्रेर गुफ गर्न लाग्यौं ।

त्यो दिन कलेजका धेरै साथीसँग परिचय भयो । तर हामी चार जनाको छुट्टै समूह बन्यो । एक अर्काबीच सामान्य कुरा भैइरहन्थे । मेरा नजर बेला बेला उसैतिर गैइरहन्थे । ऊ पनि झुक्काउदै मतिर हेरिरहेकि हुन्थी । तर नजर झुध्यो भने उसले टाउको अर्कैतर्फ मोड्थी । मेरो मनले उसलाई साथीको रुपमाभन्दा पनि प्रेमिको रुपमा हेर्न थालिसकेको थियो । म जाहेर गर्न सकेको थिइन, एकोहोरो प्रेममा थिएँ । उसको मनमा के चल्दै थियो मेरो बारे त्यो भने पत्तो थिएन मलाई ।

एक दिन हिम्मत् नै गरेर उसलाई म्यासेज गरे लेखें,”के हामी भेट्न सक्छौ ?”

झन्डै १ घण्टापछि जवाफ आयो,”किन ?”

म अलिकति नर्भस भएँ के भनौं भनेर । अनि लेखें,”तिमीसँग कुरा गर्नु छ ।”

“कल् गरेर भन्न हुदैन ?”

“प्लिज भेटौं न ल !”

मेरो जिद्धिपछि उसले समर्थन गर्दै भनी,”कहाँ भेट्ने ?”

“हल्लनचोक, साँझ ५ बजे ।”

“OKZ” भन्दै उत्तर आयो ।

म्यासेज गरेपछि मन् झनै अन्योलमा पर्यो । उनीसँगको पहिलो भेट नितान्त कुनै औपचारिक प्रसंगबिनाको । म कसरी उसलाई आफ्न मनको कुरा भन्ने सोचिरहें ।
घडीले साँझको पाँच बजायो । मेरो मनको ढुक्ढुकी झन्-झनै बढ्दै गयो ।

म चोकमा बसेर उसलाई कुरिरहेको थिएँ । झण्डै २० मिनेटको पर्खाइपछि ऊ अलि पर देखिई। उसको आजको पहिरनले मेरो मन झन प्रभवित बन्यो । ऊ निलो कलो टिसर्ट र निलो जिन्समा सजिएकी थिई । आँखाहरू गाजलले सिङ्गारिएका थिए, ओठमा कलेजी रङ्गको लिपिस्टिक लगाएकी थिई । यस्तो ड्रेसअपमा उसलाई म पहिलो पटक देख्दै थिएँ । ऊ मेरो नजिकै आई । यो पलमा मेरो मुटुको धड्कन बहिरै सुनिने भा’को थियो कुनै Anxiety Disorder को बिरामी झैं ।

सामान्य कुराकानी पछि मैले उसलाई खाजाको लागि रेस्ट्रुरेन्ट्को अफर गरें, उसले सहमति जनाई । हामी लाग्यौं उसैको रोजाइको रेस्ट्रुरेन्ट बेस्ट-वनतिर। हामी देब्रेतिरको टेबलमा बस्यौ जुन पर्दाहरूले घेरिएको थियो । मैले उस्लाई खाजाको अर्डर दिन भनें, उस्ले मेनु पल्टाउन थाली । त्यति नै बेला मेरो नजर उसको छातीतिर पर्यो । उसका छातीका अंगहरू निकै ठुला देखिन्थे । मेरो नजर उसको छतिमा परेको थाहा पाएर ऊ रिसाउँदै भनी,”के हेरेको ?”

म केही नबोली नजर त्यहाँबाट हटाएँ । ऊ फेरि मेनु हेरी चिकेन् मो:मो र मिक्स् चाउमिनको अडर गरी । म ऊसित केही पर्सनल कुरा गर्न थालेँ । पहिलो अनौपचारिक भेट अरु के नै भन्न सक्थे र मैले ?

“तिमी अप्ठ्यारो मान्दैनौ भने केही कुरा सोधुँ ?”

“भन न, किन अफ्ठ्यारो मान्ने ?” जवाफ उसले दिई ।

“Do u havae any Special frns?”

“के ? बुझिन मैले,” उसले भनी ।

“ठिकै छ अरु कुनै दिन भनौंला ।”

“किन डराएको हँ ? कुरा गर्न म बाघ् भालु होइन खादिन क्यारे !” उसले हाँस्दै भनी ।

“होइन त्यस्तो त ? कोही छैन किन ? कति डरपोख हो के तिमी,” उसले भनी ।

मलाई भने रिस उठ्यो बुझी-बुझी नाटक पो गर्दिरहिछ भनेर । तैपनि मन भने खुसी नै भयो ।

“म बन्न मिल्छ कि भनेर नि?”

ऊ मुस्कुराई मात्रै । एकछिनपछै फेरि भनी,”त्योभन्दा बढी चाहिं सोच्ने होइन नि!”

म हाँसे मात्रै ।

हाम्रो भेट्ने क्रम बिस्तारै बढ्दैगयो । यसैबीच ऊ आफ्नो कोठा सरी रामरेखामै । हाम्रो कोठा-बीच मत्रा ४ मिनेटको दूरी थियो । फोनमा पनि हामी घण्टौ बिताउन थालेका थियौ ।

वैशाखको महिना थियो, भर्खर साँझ पर्दै थियो । उसलाई फोने गर्दै बहिर घुम्न जाने कुरा गरें । उसले सहमति व्यक्त गर्दै उसको रुमको अगाडि बोलाई । हामी रामरेखाको तल्लो ढिक हुँदै निस्क्यौं । हिड्दै गर्दा उसको हात समात्दै नजिक तानें, उसले कुनै प्रतिकृया दिइन । पहिले पहिले यस्तो गर्दा उसले हात थुतेर पर भाग्थी । हामी ढिक्मै रहेको चउरमा बस्यौ ।

त्यस दिन ऊ अरु दिनभन्दा फरक मुडमा देखिन्थी । ऊ मेरो नजिक बसी र टाउको मेरो पाखुरामा अड्याई । उसको हात् समात्दै भनें,”तिम्रो दिलको मालि बन्ने रहर छ । तिमी सहमति दिन्छौ कि नाइँ ?”

उसले “के रे?” भनी टाउको मेरो कुमबाट हटाई । म अलि डराएँ । एकै छिन मौनतामै बित्यो । मैले फेरि सोधें,”जवाफ् नदिने हो ?”

समय फेरि मौनतामा बदलियो । मनमा असंख्यौ कुराहरू उब्जिए,”मैले कतै गल्ती त गरिन ? के म उसलाई यसरी प्रपोज् गर्नु हुन्थ्यो ?”

मेरो अनुहार अँधेरियो । उसले मेरो अनुहारतिर हेरी र भनी,”अब जाऊँ है !”

मैले बसौं भन्न पनि सकिन । म विवश भएँ उसका कुराको स्वीकारोक्ति व्यक्त गर्न । हामी बिस्तारै हिंड्दै गयौं । मैले फेरि पहिलेको हर्कत दोहोराएँ, तर पनि उसले प्रतिवाद गरिन । उसको र मेरो हात क्रस परेर Interlogue भएका थिए । हिड्दा न ऊ केही बोली न त म केही बोल्नै सकें ।

उसको कोठा नजिकै आइपुग्यौं । उस्ले हात बिस्तारै निकल्न खोजी । मैले भनें,”म तिम्रो जवाफको प्रतिक्षामा हुनेछु ।”

ऊ Bye Good Night भन्दै गेटबाट भित्र छिर्न लागि । अँध्यारो मुख बनाउदै मैले नि वाइ गुड नाईट भन्दै अघि बढे । अलि पर पुगेर फर्केर हेरें, ऊ गेटमै बसेर मतिर हेर्दै थिई । म सरासर रुमतिर लागे ।

त्यो रात खान मन लाग्ने कुरै भएन । एक कप चिया बनाएर पिएँ । मनभरि उसकै बारेमा कुरा खेलिरह्यो । मनले भन्यो साथीको रूपमा भए पनि पाएको उसको साथ यही कारणले गुम्ने भयो । जे भएपनि ऊ मेरो नजिक त थिएँ । अनियन्त्रित मन लिएर बिस्तारामा पल्टिए । सुतेर फेसबुक खोलें । न्युजफिड एक चोटि सरसर्ती हेरेर स्टाटस् लेखें – Feeling Irritated with my life !

एकैछिनपछि नोटिफिकेसनको बिप बज्यो । कमेन्ट आएको रहेछ । उसैको लेखेकिरहेछ – किन के भयो ?

मैले कुनै reply दिइन । रात कोल्टो फेर्दा-फेर्दै बित्यो । भोलिपल्ट पनि केही गर्ने जाँगर चलेन । न त उसलाई कल गर्ने हिम्मत नै जुट्यो । आफैलाई दोषी सम्झेरै बित्यो । ३ दिनपछि खाना खाएजस्तो गरें । आँखाले निद्रा भूलिसकेको थियो ।

फेसबुक खोलें । उसको म्यासेज आयो,”के गर्दै छौ ?” भन्दै ।

“सुतिरा,” जवाफ दिएँ ।

“सरी ल, म घर गा’को थिएँ, त्यसैले फोने गर्न सकिन ।”

मन नलागि नलागि लेखें,”किन ?”

“अन्कल बिरामी हुनुभाथ्यो त्यसैले,” उसले भनी । “भोलि फ्रि छौ ?”

“अँ, किन ?”

“भोलि भेटौं ल, तिम्रो प्रश्नको जवाफ नि भोलि नै दिन्छु ।”

मैले हुन्छ मात्रै भने। अनि अफलाइन भए ।

मनले सकरात्मक जवाफ पाउने आस मारिसकेको थियो । त्यो रात पनि बिगतका केही रातभन्दा केही फरक भएन । अर्को दिन दिउसो ४ बजेतिर उसले कल गरी भनी,”ल मेरो रू म अघि आऊ ।”

मनमा कुनै चमक थिएन । म निरास मन लिएरै कोठाबाट निस्किए ।

उसको कोठा अगाडि पुग्दा ऊ निकै खुसी मुद्रामा देखिन्थी । उसले पहिलो दिन हामी भेट्दाको दिनकै पहिरनमा थिई । उसको ओठमा गुलाबी रङ्गको लिपिस्टिक र आँखामा बाक्ले गाजल थियो। उसका छातीहरू पुष्ट देखिएका थिए । तर मेरो पनि मन निराश नै थियो । उसले मेरो एकोहरो हेराइ र निराशापन तोड्न खोज्दै भनी,”हिंड जाऊँ ढिकतिर ।”

म केही नबोली लागे उसैको पछिपछि ।

उस्ले मलाई ढिकमा लगी र एकोहोरो हेरी मात्र रही । म उसको हेराइबाट बच्न अर्कोतर्फ मोडिए । उस्ले मलाई फेरि आफूतिर तानी । त्यतिबेला उसका आँखा रसाएका थिए। ऊ मलाई अंगाल्दै रुन्चे स्वरमा भनी,”म तिमीबाट टाढा हुन सक्दिन । तिमीबाट टाढा हुन खोजें, तर सकिन ।”

यति भन्दै गर्दा उसका आँशुले मेरो शरीरमा केही चिसो अनुभव भयो । मेरो मनमा राहत अनुभूति भयो । मैले उसको अनुहार आफूतिर फर्काउदै भनें,”जवाफ दिन कति ढिला गर्यौ भावना ।”

ऊ फेरि रुँदै भनी,”म दोधारमा थिए तिमीलाई रोजौं वा त्यागौं । तर सकिन सोच्न तिमीबिनाका ती दिनहरू ।”

ऊ ममाथि हाभी भै फेरि कसिलो आङ्गालोमा बेरिई । म ऊसँगको समिप्यमा डुब्न थालें, उस्लाई चुम्बन गर्न थलें । उस्ले कुनै प्रतिवाद गर्न चाहिने मेरो ओठ उसको ओठ नजिकै लगें । उसको स्वासदर निकै बढेको थियो । मैले उसका कोमल ओठलाई चुम्दै गर्दा ऊ झनै आक्रमक भई ।

हाम्रो जीवनमा खुसीको बहार आएको थियो। हामी आफ्नो डियुटी समय मिलाएर बिताउथ्यौं । यो बीचमा हामीबीच सबै खले सुखको प्रवाह भयो, शारीरिक सुखसम्म पनि । अब हामीमा साट्नुकेही बाँकी थिएन । हामी एक-अर्कोको कोठामा घण्टौ बिताउथ्यौ यो दैनिकी जस्तै थियो ।

हाम्रो दैनिकी फेरिदै थियो । हामी सधैं साँझमा भेट्ने गर्थ्यौ । ऊ चटपट निकै मन पराउथी । उसकै करले होला कहिल्यै चटपट नहेर्ने मानिस चटपट अलिअलि खान थालेको थिएँ । हो भन्छन्, मायामा सबथोक परिवर्तन गर्ने शक्ति हुन्छ । उसले पनि मेरै धेरै बानीलाई परिवर्तन गराइसकेकी थिई । र म आजभोलि उसको आज्ञाकारी चेलो झै बनेको थिएँ ।

एक दिन चटपट खादै गर्दा ऊ भन्दै थिई,”यो साथ सधैभर रहन्छ त ?”

म अलिकति अत्तालिएँ । जवाफ दिनुभन्दा म उसको अनुहारतिर हेरेर एकोहोरिएँ । मेरो अनुहार हेरेपछि उसले फेरि भनी,”तिमी जवाफ त देऊ ।”

म अनुत्तरित नै बसें ।

“तिमी एक्लै बस्न सक्छ्यौ त ?” उसले हाँस्दै भनी । “कति डरपोक हो के तिमी ? म यसै जोक पो गर्या । म तिमीबिना कसरी बाँच्न सकुँला त !”

हाम्रो अन्ति म वर्षको पढाइ चल्दै थियो हामीलाई Community Field को लागि पठाइयो । दुर्भाग्यवश मेरो र उसको ग्रुप भिन्दा भिन्दै पर्यो । म ग्रुप् Aलाई समाल्दै गल्कोट जानु पर्ने भो, ऊ ठुलीपोखरी । हामी दुई महिनाको लागि छुट्नु थियो । अन्तिम रात ऊ र मसँगै रहयौ। उस्लाई रुँदै भन्थी,”तिमीबिनाको त्यो दुई महिना कसरी काट्ने !”

आफ्नै मन उस्तै भए पनि उसलाई सम्झाउदै भन्थें,”हामीसँग कुरा गर्ने फोने छँदैछ नि । हामी सधैंजसो फोनमै व्यस्त हुन्थ्यौं । ऊसँग कुरा गर्दा घण्तौ बितेको न त रात काटेको पत्तो नै हुन्थ्यो, न त दिन ।

यसबीचमै फाइनल परीक्षाको रुटिङ्ग आयो। हामीले फोनमा हुने कुराकानी छोट्याउने सहमति गर्यौ । हाम्रा कुरा निकै छोटा बन्दै थिए । हामी पढ्नमा ब्यस्तै भयौ । हाम्रो दुई महिने फिल्ड पनि सकियो । फर्केर पनि त्यति धेरै भेटघाट गरेनौं । दिनमा एकपटक चाहि भेट्थ्यौ । परीक्षा सकिएको अन्तिम दिन हामी फेरि भेट्यौं मेरो आफ्नै रुममा । ऊ पहिलेका दिनमा जस्तो हँसिली देखिदैनथी । मैले केही बुझ्न खोजें, उसले केही बोल्न चाहिन । उसले भनी,”म भोलि नै घर जादैछु ।”

“किन ?”

“काम छ । बुबाले भोलि नै आउन भन्नुभा’छ त्यसैले म भोलि जानुपर्छ ।”

म साउति जस्तै बनेर सोधें,”कहिले फर्किन्छौ त ?”

ऊ “थाहा छैन” भन्दै कोठाबाट बाहिरिई ।

जब ऊ कोठाबाट निस्किई, मेरो मनमा अनेकौ कुराहरू खेल्न थाले । उसको मनमा के कुरा छ जो मसँग नभनी गई । मबाट केही गल्ती भयो कि ? मैले उसको भावना बुझ्न सकिन कि?

उसलाई सम्पर्क गर्न लाखौ कोसिस गरें तर उसको फोन अफ् थियो । मेरो मन अतालियो म दिनदिनै उसको यादमा डुब्दै गएँ । न खान मन लाग्थ्यो, न त निद्रा नै पर्थ्यो । उसको याद मात्रै थियो अरु केही थिएन । जब फोनको घण्टी बज्थ्यो, मन उसको नम्बर खोज्थ्यो तर जहिल्यै निरास बन्थ्यो । उसैको यादले म डेप्रेसनको शिकार भएँ तर ऊ कहिल्यै मसँग सम्पर्कमा आइन । मनले सधैं उसको फोनको घण्टी खोजिरहयो ।

निमोठिएको गुलाब (भाग २)

1 thought on “निमोठिएको गुलाब”

  1. हिजै पडेको हो, कमेन्ट लेख्न
    हिजै पडेको हो, कमेन्ट लेख्न लेख्न मन लागेर । तपाईं को लेख्ने कला चैं रहेछ मान्न पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *