Skip to content


एकान्तको खलबलीले मन भो भरंग
सम्झनाको भूमरीमा उठ्यो तरंग
कसलाई भनूँ मनको कुरा के भो भनेर
आफ्नै मान्छे बिझ्यो मलाई काँडा बनेर

के भो भनी सोध्छन् मलाई साथी संगिनी
माया गर्ने आफन्त छन् भाइ बहिनी
के गर्नु यो माया सबको उसले नलाए
के गर्नु यो चाहना सबको उसले नचाहे

कस्तो ब्यथा केले पनि छुँदै नछुनी
आफ्ना सारा हुँदा पनि कोही नहुनी
मेरो रित्तो आकाशले जून नपाए
के गर्नु यो सारा संसार उनै नआए

शब्द – यादव खरेल
संगीत – सम्भुजित बासकोटा
स्वर – देविका प्रधान
एल्बम – नेपाली माया
चलचित्र – खहरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *