माया चिज पनि अनौठो को रहेछ
जसलाइ देख्यो, प्रीती प्रीती गासी रहेछ
येसैको मोहजाल मा खित्का छाडी हासी रहेछ
पारिवारिक सम्बन्ध लाई पाखा पारी नाची रहेछ
न येहा उमेर को नै बिचार छ,
न जीवन साथिको नै ।
प्रीती को नाम मा येहा माया बेचिदै छ
छोरा छोरी परिवार लाई दाउमा राखिदै छ
भविस्यमा लाग्ने घाउमा नाचिदै छ
दुइ परिवार को गाउमा बीष घोलिदै छ
माया को ठाउमा किन हो श्राप रोजिदै छ ?
न त समाज को डर , न त आफन्त को भय
स्वतन्त्रता को नाम मा रहर पुर्याउदै
दुनिया सामु आफ्नो कहर देखाउदै
शभ्यता मा त्यहा जहर मिसाउदै
भत्केको घर मा नया शहर बसाउदै
जिन्दगी को तितो ठहर केराउदै
रमि रहेछन
खित्का छाडी हासी रहेछन येहा
सुध्र हे नखरमौला- मौली हरू
जिन्दगी को गन्तव्य त्यो हैन
भबिस्य को रोजाइ त्यो हैन
कोर भाग्य आफ्नो अनि परिवार को
देउ माया अनि प्रेम जग भरिको
नाम लेउन तिम्रो इश्वर सरि को।।
राज भण्डारी (विवश)
दुबई, युएई
