वर्षों देखि म यहीं छु –
नीलो रामनाम टाकीजको बगलमा
मेरो नग्नतामा छुत्ती खेल्न
आउँछन –
मेरो शत्रुदेशका सिपाहीहरू
उनीहरू मलाई भोग्छन
र सुनाउँछन –
मेरै देश बिरुद्धको घातक योजना
तिनका
सामरिक खेलहरूको फेहरिस्त
म ईमेलहरूमा
मेरो देशको प्रधानमन्त्रीलाई पठाउँछु
तर
अनअपेक्षित प्रत्युत्तरको शैलीमा
मै जाबीलाई चाख्न आउँछन –
मेरो आफ्नै देशका साशकहरू
प्रिय पाठक !
म त मेरै माटोकी
महान वेश्या हूँ –
यो पीड़ा माथिको पीडा सहेर
धन्न बाँचेकी ।
2016-12-20 13:22:02 +0000
