Skip to content


तारे भीर
भीमकाय आवरण बनेर
उभिदिन्छ जिन्दगी छेउ
किरिङ्-मिरिङ्
अक्षरका धर्साहरू
धमिलो स्पर्ष बनेर
मधुरो ऐनाभरि
जिन्दगीको पदचाप

हिंडदा हिंडदै
साथ दिन्छ पद पथ बनेर
तालुवा नखिएसम्म
हिसाब गर्दा-गर्दै
जिन्दगीको ब्याकरण मिलाइरहेछ
सम्पादक बनेर ।

सुन्दर अल्पभाषी

Leave a Reply

Your email address will not be published. Required fields are marked *