Skip to content

जति चोट दिन्छौ देऊ मायालु


जति चोट दिन्छौ देऊ मायालु मुटुभित्र साँचेर राख्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु

मुटुमा फुलेको विश्वासको फूल विवसताको हुरीले झारिदिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ
ठिकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु

विछोडको घाउमा खाटा नबस्दै तिमीले फेरि बदनाम गर्यौ
मेरो जीवनमा बहार आउने सारा मुहानहरू थुनिदियौ
ठिकै छ मायालु म जीवनभरि नै उजाड भएर बाँच्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु

शब्द – सुवासचन्द्र ढुङ्गेल
स्वर, संगीत – भक्तराज आचार्य

2 thoughts on “जति चोट दिन्छौ देऊ मायालु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *