प्रशंसा गर या घृणा गर,
खरबौ मान्छेहरूमा केवल तिमीलाई नै रोजे,
ताली बजाऊ या गाली गर,
मुटुको धडकन अनि यौवन तिमीलाई नै सुम्पे,
प्रेमकथामा ठूला ठूला युद्ध भएको देखेको छु,
तर बिछोड कहाँ हुन्छ र,
प्रेम-तपस्यामा सारा सर्वस्य गुमेको देखेको छु,
तर रित्तिने कुरा कहाँ हुन्छ र,
साथ देऊ या धोखा देऊ,
समाज र परिवारको त्यो कडा नियम तोडे,
प्रियसीको लागि सारा संसार त्यागेको देखेको छु,
तर पनि मन कहाँ थाक्छ र,
विषलाइ अमृत सम्झि निर्धक पिएको देखेको छु,
तर पनि प्रेमी कहाँ मर्छ र,
खुशी देऊ या पीडा देऊ,
प्रेम-बिद्रोही आफन्तहरूको कपटी-जाल तोडे,
याद गर या खिसी गर,
प्रेम-रथ चढी मिलन-स्थल पुग्ने निधो गरे,
स्वीकार गर या तिरस्कार गर,
प्रेम-प्रसंगको सारा निर्णय तिमी माथि छोडे,
– Onic Agyat
– Jiwan Yatrama (Facebook Page)
![]()
