
यो वर्षको अन्तिम चटारो लिएर आएको छु
सबैलाई सम्झिदै मनको पटारो लिएर आएको छु
कसरि बित्यो वर्षभरिको यो सेरोफेरो
हिसाब किताब गर्दै अन्तिम कटारो लिएर आएको छु
न बिर्सिनु भयो राजनैतिक उथल पथल
बिर्सनु पर्यो भन्दै अन्तिम लटारो लिएर आएको छु
सबै क्षत-बिक्षप्त मन हरूलाई धैर्य धारण गर्ने शक्ति
प्रदान होस् भनि अन्तिम सटारो लिएर आएको छु
शुभकामना, बिदाई र स्वागत मा सम्पुर्ण मन
एक होस भनि सबैमा अन्तिम झटारो लिएर आएको छु
राज भण्डारी (विवश)
दुबई, युएई
