नयाँ वर्षको नौलो उमंगसँगै सुनौलो कामना गरौं
आराजकतालाई बिस्तारतासँग नौलो सामना गरौं
निस्पट्ट अन्धकारमा पनि दियालोको सानो लोहले
प्रकाश छर्न पर्याप्त हुन्छ त्यसको रमाइलो चाहना गरौं
आशाका नयाँ सपनासँगै सबैलाई शुभ सन्देश दिंदै
हामी सबै को उन्नति सम्वृद्धिसँगै ठम्माइलो जोहना गरौं
देश र जनताको आमुल परिवर्तनका निम्ति कम्मर कस्दै
समग्र हित, रक्षा र विकाशका निम्ति गोलो संरचना गरौं
२०१७ सालको यिनै सुभेच्छासहित नेपाल एक हो सम्झँदै
नौलो बिहानीको पहिलो किरणसँगै हँसाइलो शुभकामना गरौं ।
राज भण्डारी (विवश )
मध्यबिन्दु न.पा.-४ नवलपरासी
हाल – दुबई, युएई
