
क्राइष्टका समर्थक, छिरे छिमेकमा जब ।
चलाए धर्म ती आफ्नै , सँस्कृति उनकै तब ।
बने थे दक्षिणी बन्धु, उनैका दास नै अनि ।
कोर्राको मार नै खाई, गरे थे काम नै पनि।
‘योर्सर्वेन्ट’ भनी अर्जी, सानैमा लेख्न ती सिके।
जन्म जात बनी दास, क्लर्क सम्म हुनै दिए ।
लडे आफैँ परस्पर, उनैका अधिनै रहे।
‘बीपी’सित मिली गान्धी, गोरासित लडी रहे।
पुराना छ सयै राज्य, स्वतन्त्र सव नै बने ।
कश्मीर लखनौले त, छुट्टै बस्ने कुरा गरे ।
लखनौसित युद्धै भो, नेपाली फौज नै लडे ।
बलपूर्वक संघैमा नै, लडेर तिनले लिए ।
अरूको त बन्यो संघ, कश्मीर युद्धमा छ नै ।
जबर्जस्ती गरेकोले, छैन शान्ति उता कुनै।
आँखा नै गोखले लाए, नेपाल र भुटानमा!
थिए सिक्किमलाई त, मिसाउने ज सूरमा ।
भयो मृत्यु उनैको र, बँचेका देश यी थिए।
अफ्ना मानिस सिक्किमी , सदनमा पछी हुले ।
बत्तीसी सदनैमा त, एकतीस जना तिनी ।
भारतमा मिसाउने, ऐन पास गरे अनि।
गोरा फर्की घरै गए, दासता उपहार छ !
‘कमनवेल्थ’ भन्नेको, आज्ञा पालक आज छ ।
उनै मालिक-दासका, किने हाम्रो धर्म पनि ,
धनलुप्त कु-नेता ले, गर्नु गर्छन् ! अझै पनि !
