
चुपचाप बसेर के गर्नु छ ?
साइनो नलाउदा के मर्नु छ ?
अजबको यो यात्रामा,
सागर यहा के तर्नु छ ?
दुख-सुख मा साथ् निभाउदा,
जाने दिन संसारलाई के भर्नु छ ?
मोहजाल को यो नाट्यमंचमा,
हासो बाहेक अरु के हर्नु छ ?
तिता मिठा सब्दहरू बाट्दा,
गारो यहा कसलाई के पर्नु छ ?
अन्तिम दिन सबैलाइ छाडि,
स्वर्गकि नर्क त्यहा के चर्नु छ ?
राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा.४, नवलपरासी
हाल
दुबई, युएई
