Skip to content



नटुङ्गिने यात्राको गन्तव्यमा अनेकौ सोच र जिम्मेवारीको भारि बोकेको काँध, उकुश मुकुसको वातावरण अनि दिशाहीन यो बटुक, साथ् दिदै छन् मेरा सोचले, आत्माविश्वासले अनि २-४ जना सहयात्री हरूले पक्कै पनि एकदिन मन्जिल पाउने अठोट का साथ् डगहरू लमकदै छन्, एक अलौकिक संसारको विचरण गर्ने अभिलाषा र महत्वाकान्छा को सहयोगमा, सपना हरू साकार होलान वा नहोलान तर बिश्वास छ अवस्य एकदिन पुरा हुनेछ ।

राजनीति को यो रंगमंचको यात्रामा थुप्रै पात्रहरूको भिडमा आफुलाई प्रतिष्ठापित् गर्ने होड र दौडको दयनिय वातावरण्मा देशको सिमाना मिच्दै, संरचनाहरू भत्काउदै, बिखन्डन गर्न लालाहित, अर्थतन्त्रकै मेरुदण्डलाइ भाच्दै, कसैको इसारामा नाची हिड्ने, कुर्सि र सत्ताको मोहजालमा सम्बृद्ध र उन्नत नेपालको खोक्रो भाषण दिदै १००औ वर्ष पछाडि धकेल्दै तछाड मछाड गर्दै उफ्री रहेका छन्, नाची रहेका छन् बेसुरे लयमा अनि तिनैका श्रोताबिन्द हरू सोहि लयको मोहजालमा पर्दै तिनैलाई शिखर मा राख्दै तिनैको नाचगानमा रमेको देख्दा आस्चर्य लाग्छ यो कस्तो यात्रा हो ? कस्तो गन्तब्य ?

रास्ट्र निर्माता पृथिवी नारायाण शाहको झन्नै २७० वर्ष अगाडि को त्यो यात्रामा कैयो पुरातन सोचहरू लाइ पर थनकाउदै आधुनिक नेपाल को निव बसाल्न तिनीले खेलेको भूमिका र सफल नेतृत्वलाई पनि चुनौती दिदै हिड्ने र त्यसलाई दमन र अत्याचारको संज्ञा दिने केहि तत्व हरूलाई याद दिलाउदै येदि पृथिवी नारायाण्को योगदान राष्ट्र निर्माण र एकिकरणमा मा हुदैन्थियो, उनले सपना नदेखेको भए, उनको महत्वाकान्छामा ४ जात ३६ वर्णको फुलवारी हुदैन्थियो भने इनका पुर्खा हरूले नै कुनै अर्कै संस्कृति र भेष भूसा अपनाएका हुन्थे र इनिहरू आज उत्तर या दक्षिणपन्थिको को यात्रामा सहयात्रीको भूमिकामा गौण हुने थिए ।

आज देश रोहिरहेको छ यसको मुटु चिरी रहेको छ, जली रहेको छ, हुर्की रहेको छ यसैको छाती चिरी रहेका छन्, टुक्रा पार्ने यात्रा गर्दै छन् सायद नेपालि रगतको त्यो खुन अब बाकि रहेन, एकल राज्यको संरचनालाइ तहस नहस पार्दै अनेकन राज्यमा विभाजित गर्दै अनेकौ नया संरचनाहरूको पुननिर्माण का कार्य हरूमा अतिरिक्त भार प्रावाशी दाजुभाइको यात्रा लाइ देइनेछ, अरबौ रुपियाको अतिरिक्त खर्च नेपालि जनताहरूको यात्राहरूलाइ देइने छ अनि हरेक राज्यबाट कोहि न कोहि, कसै न कसैले कुइण्टलको रुपमा सुन भित्राउने छ अनि फेसबुक को यात्रा मा सबैले गाइजात्रा निकाल्ने छन्, २-४ दिन कराउने छन् उफ्रिने छन् अनि थाक्दै सो यात्रालाई स्थगित गर्ने छन्, प्रक्रियाको सुरुवात भएको छ र अनवरत चलि रहने छ ।

सम्बृद्ध नेपालको बिकाश तब मात्र सम्भव हुने छ जब देशलाई टुक्राउने होइन जोड्ने काम गरिन्छ, भत्केका संरचना हरूलाई यथासिघ्र पुननिर्माणमा जोड दिदै यात्रा थाल्नेछन, अपार जलश्रोत को धनि राष्ट्रमा त्यसको उत्तम सदुपयोग हुनेछ, हरिया डाडा-काडा, बनपाखा नदि-नाला को उचित व्यवस्था गर्दै पर्यटन विकाशमा ध्यान केन्द्रित हुने छ, औधिगिक कलकारखाना हरू खोल्दै देशलाई आत्मनिर्भर बनाउदै बिदेसिएका युवा जनशक्तिको सहि प्रयोग गर्ने गन्तब्य लिने छ, घुसखोरी र दलाल हरूलाई उचित न्याय प्रणालि अन्तर्गत दण्ड दिने छ र त्यस्तो नीति प्रावधान गर्ने छ, बलात्कारी, हत्यारा हरूलाई फासी दिने व्यवस्था हुने छ र नारि हरूको सम्मान गर्ने बेवास्था गर्ने छ, नातावादी र दलगत राजनीति बाट बाहिर आउदै जनशक्तिको को क्षमताको मापन गर्दै उचित मुल्यांकन सहित र योग्यताको आधारमा कार्य जिम्मेवारी देइने छ तब मात्र विश्वकै अग्लो सगरमाथाको देश नेपाल ले बास्तवमा सो यात्रा मा शिखरको यात्रा तय गर्ने छ ।

राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४, नवलपरासी
हाल दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *