
एस्तो अजबको दुनियामा आइएछ
कस्तो गजबको दुनियामा धाइएछ
कसैलाई लाखौको प्रवाह छैन मनमा
कुनैलाई जीवनभरिको छ सपना मनमा
कस्तो गजबको सहरमा पसिएछ
एस्तो अजबको बस्तीमा भैइएछ
कसैलाई तनमा लगाउने लुगा छैनन्
कुनैलाई तनमा छोपने धागा छैनन्
एस्तो अजबको संसारमा आखा उघारिएछ
कस्तो गजबको मायाजालमा सुहाइएछ
कुनैलाई मुलायाम शयनकक्षमा तिन्द्रा छैन
कसैलाई बिछयौना नभएर निन्द्रा छैन
कस्तो गजबको भवसागरमा दौडिएछ
एस्तो अजबको लोकमा भौतारिएछ
कसैलाई उड्ने गुड्ने हेलिकप्टर कार
कुनैलाई हिड्ने सिड्ने छैनन् जुता चार
एस्तो अजबको ठाउमा भुलिएछ
कस्तो गजबको गाउमा घुमिएछ
कुनैलाई १२ महिनै दशैँ तिहार
कसैलाई छैनन येहा एकादिने विहार
कस्तो गजबको बबणडरमा चाहारिएछ
एस्तो अजबको भवण्डरमा नहाइएछ
हुनेलाई १२ टक्क सबै थोक उनकै
नहुनेलाई छैनन् गेडी कुनै थोक तिनकै
एस्तो अजबको भुमण्डलमा नौरिएछ
कस्तो गजबको वायुमण्डलमा पौरीएछ
रगत मात्रै रातो छ सबको
मन यहा एउटै छ कसको
एस्तो अजबको जगमा रमाइएछ
कस्तो गजबको कलायुगमा पाइएछ
एस्तो अजबको दुनियामा आइएछ
कस्तो गजबको दुनियामा धाइएछ
राज भण्डारी {विवश}
मध्यबिन्दु न.पा.४, नवलपरासी
हाल, दुबई, युएई
