प्रीतको हिसाब जोड्दा यति धेर छोडिएछ,
जति जोड्नु थ्यो परेको त्यति मात्र जोडिएछ ।
प्रीत उम्रियो भनेको मरुभूमिमा छरेंछु
म त लाभमा छु भन्थें तर हानीमा परेंछु ।
किन हो हिसाब नमिल्ने कसरी हिसाब गरेंछु
म त लाभमा छु भन्थें तर हानीमा परेंछु ।।
प्रीतको हिसाब जोड्दा यति धेर छोडिएछ,
जति जोड्नु थ्यो परेको त्यति मात्र जोडिएछ ।
