Skip to content


जीवन भन्नु नै कुलेसो रहेछ
रोदनसँगै बगिजाने
माया भन्नु दर्पण रहेछ
सिसा सरी फुटिजाने
घात भन्नु प्राण रहेछ
दोबाटोमै छाडी जाने
खण्ड-खण्ड मुटु लिई
विक्षिप्तमा हाँस्नुपर्ने
भुल रहेछ जिन्दगी
यथार्थमा केरी हाँस्नुपर्ने
अभावै अभावको कला रहेछ जिन्दगी
बिनातालमा नाच्नुपर्ने
समर्पण र त्याग रहेछ जिन्दगी
उधारो यादलाई साच्नुपर्ने
जिउँदो लास रहेछ जिन्दगी
नचाहेर पनि बाँच्नुपर्ने
प्रहार रहेछ सामिप्यको
संकल्पमा रोकिनुपर्ने
त्यसैले
हाँसो र खुसी गलामा रोकिदियो,
रोदन र दुःख नै मेरो
जिउने आधार भयो ।

– खोटाङ, दिक्तेल-८ सोल्मा, हाल ः दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *