पुरानै छ बाटो पुरानै गोरेटो
तर नौलो यात्रा आज थाल्दै छु म
दुखेकै छ घाउ सुकेकै छ तलाउ
आशाको दियो यो फेरि बाल्दै छु म
घरी पानी नपाई रहर सारा डढे
फेरि कहीं खुशीहरू पानीसँगै बगे
निभेकै छ आश उडेकै छ सुवास
मायाको यो गीत फेरि गाउँदै छु म
टुंगिदैछन् सम्झौता मै मेरा इच्छाहरू
त्यसै त्यसै झरे मेरा चाहका गुच्छाहरू
छुटेकै छ साथ ढलेकै छ रात
आँखामा उज्यालो फेरि खोज्दैछु म
शब्द – मनस राज
स्वर – हेमन्त राना
संगीत – कालीप्रसाद बाँसकोटा
