
कर्केलोको पातमा रहेको सितको थोपला
तरलतामा बहेको जीवनरुपी यो चोला
कति बिचित्र र अनौठो लाग्छ येहा
प्रकृतीले सोचेको जीवनचक्र त्यहा
प्रकृती तिमि कति बलवान छौ
कति शक्तिसाली
तिमि संग टक्राउने
दम्भ लिएर उभिने
साहस र हिम्मत
जसले गर्छ
आफै चुरचुर पर्छ
२-४ दिन तिमीले येहा
आफनो दामनमा
के आथित्व दियौ
सतकर्म गर्नु भनि खटायौ
विभिन्न रुप बाट सिखायौ
हिड्ने मार्ग देखायौ
प्रेम के हो ?
समर्पण के हो ?
त्याग र बलिदान के हो ?
कर्तब्य के हो ?
सबै त यहा तिमीले बतायौ
प्राणीमा श्रेष्ठतन
बुद्धिमा बिलछण
प्रतिभामा अनेकन
फेरी पनि तिम्रो मानेनन्
मनुवा हरुले तिमीलाई टेरेनन
कुनै शिख तिम्रा छानेनन
त्यसैले त् प्रकृती तिमीलाई भन्छु
कति स्वार्थि भएछन
कति मतलबी
माया प्रेमको त्यो मधुर भावना गुमाए
भाइचारा र सदभाव के हो ?
देश प्रेम के हो ?
धर्म र आस्था के हो ?
दाइत्वबोध के हो ?
अनेकनमा एकता के हो ?
सबथोक त् भुलाए
त्यसैले तिमीलाई रुलाए
तिम्रो आशु चुहाए
तिमीलाई मर्माहित बनाए
प्रकृती तिम्रो मुटु छलनि गराए
राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा. ४, नवलपरासी
हाल, दुबई-युएई
