Skip to content



देश डुब्दै गरेको देख्दा
बिखण्डनमा तम्तयार देख्दा
नयन मेरा अँश्रुसँगै सरोबर हुदा
देशको माटो सम्झी मन यो रुँदा
नेताका पाटा र बाटा हेर्दा
तिनकै साथमा झुम्दै नाच्दै
तिनका कार्यकर्ता तालमा ताल दिदै
स्वर मिलाउदै
नाच्दै
उफ्रिंदै
गाउँदै
गरेको भेट्दा
मन यो भक्कानिन्छ
रुन्छ
अनि अट्यास लागेर आउछ
मुटु यो पिरोलिन्छ
सम्झिदै अखण्ड नेपालको गाथा
पुर्खाले दिएको कथा
येथार्थमा भोलि हुन सक्ने व्यथा
बिहार र युपीका भैया सम्झिन्छ
मुम्बईमा तिनका तिरिस्कार झल्किन्छ
मालवारिहरूको देश केरला याद आउछ
मुम्बईमा आम्छी मुम्बई शब्दको सम्झना गराउँछ
कतै भोलि बिराटनगर जाँदा पहाडिया
काठमाण्डौ आउँदा मधेशिया
आम न होला कसरी भन्न सकिन्छ
कसरी त्यसलाई सहन गरिन्छ
मधेशमा आन्दोलन छुट्टै देश को
स्वतन्त्र राज्य छुट्टै भेषको
न होला कसरी भनु
सत्यतालाई कसरी न मानु
त्यसैले होसियारी र खबरदारीको साथ्
हे नागरिक बढाऊ तिम्रा हात
भाविस्यामा घटना सक्ने
परिस्थितिलाई हेर्न सक्ने
सोच र विचार लेऊ
सम्बृद्ध राष्ट्र देऊ
मस्तिष्कमा सोच बनाऊ
एकता गराएरा देखाऊ
सिंगो नेपाल राष्ट्र गराऊ
सच्चा सपुत बनेर हेराऊ

राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा.४, नवलपरासी
हाल, दुबई-युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *