
गाउ, बेसी, बन, पाखाको यादले सतायो
छलछल बगी हिड्ने नदीनालाको यादले रुलायो
देशको माटोको सुगन्धले छाती मेरो
अथाह पिडा संगै झरझर जलायो
आफन्तजन, नाता कुटुम्बको यादमा
मुटु मेरो छियाछिया पार्दै गलायो
पुराना साथीभाई संगको बेतेका प्रहरको
सम्झना मा यो दिल मेरो धपधपी बलायो
तिनिकै सम्झनामा आजको दिनमा हराउदै
तिनैको सामिप्यका लागि मन मेरो हरायो
राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४, नवलपरासी
हाल दुबई, युएई
