पिरती आफैं हुँदो रैछ
तिमी कहाँ म कहाँ भेट हुँदो रैछ
मुटु साँच्चै नै दुख्दो रैछ
अब तिमी आँखाबाट ओझेल नभइदेऊ
पिरती आफैं हुँदो रैछ
मुटु साँच्चै नै दुख्दो रैछ
अब छोडी नजाऊ है मुटु मेरो लिएर
सम्झना मात्र बस्दछ आँशु हाँसो पिएर
अब तिम्रो हाम्रो एउटै प्राण हु्न्छ
बादल बर्षा साथ जस्तै कहिले छुट्टिने छैन
दैवको लेख यस्तै कोही एक्लै हुँदैन
कही न कही कसैको जीवनसाथी हुन्छ
जन्मेदेखि मरेसम्म कति कथा बन्दछ
पुरानो जति मायाप्रीति कति नयाँ हुन्छ
तिम्रो मेरो मायाको नयाँ चिनो बनेछ
अलिक तिम्रो अलिक मेरो एउटै रंग हुन्छ
युगयुग दोहोरिने हाम्रो माया हुन्छ
सधैं नयाँ जिन्दगीलाई नया किरण हुन्छ
शब्द – कुसुम गजमेर
स्वर – उदितनारायण झा, दीपा झा
संगीत – रनजीत गजमेर
चलचित्र – सम्झना
