Skip to content

कुर्नु भन्थ्यौ चौतारीमा


कुर्नु भन्थ्यौ चौतारीमा, पर्खिएको थिएँ
आउँछ्यौ पक्कै तिमी, सम्झिएको थिएँ

जुन तारा उदाइदियो, घाम निदाइदियो
आइनौ र त आधा रातमा, फर्किएको थिएँ

यो मनले भुल्न तिमीलाई, नमानेपछि
मधुशालाको बाटो कति, उक्लिएको थिएँ

सँगै देखेको सपनाहरू, आँसु बनिदिँदा
हरेक रात म स्वयम्, बर्सिएको थिएँ

चुन्यौ तिमीले अर्कैलाई, वरमाला लगाएर
देखिनौँ छेउमै म पनि, उभिएको थिएँ

Mongolian Samrat
तसर्पु-९ धादिङ्ग सल्ले
हाल- ksa

Leave a Reply

Your email address will not be published. Required fields are marked *