टिनएजर
बाउको पर्स चोरेर फोन गरी
डेटिङ् गरेपछि ढुक्क भयो ।
ट्यूसन जान्छु भनी दिनहुँ –
मोटरसाइकलमा बसी लुसुक्क धुलिखेल गयो ।।
प्रेम
पट्याँसमा अँगारले लेखेर
हजुरबाले प्रेमाभाव प्रकट गरेथे,
चिठीका भरमा भावना साटिएथयो
काका,बाहरूका समयावधिमा
छोराहरू कम्प्युटरमा ‘च्याट’ गर्दै
विश्वव्यापी ‘इलुइलु’ गरिरहेछन् ।।
काँचो प्रेम
विश्वकप हेर्दाहेर्दै उनीसँग ‘लभ’ पर्यो
विशवकप सकिएपछि हेर्न जाने ‘जब’ जर्यो ।
उसको हिजोआज ‘इन्टरभल’ भा’छ –
उमेर नहुँदै प्रेम गर्दा सबै अपजस् भर्यो ।।
