Skip to content

मन मेरो त्यसै नै जली रह्यो

  • by


किन किन मन मेरो त्यसै नै जली रह्यो
रापिलो आगो बनी तन मेरो बली रह्यो ।

मुहारमा खुशी छैन,अधरमा हाँसो पनि
सुस्ताएर सारा शरीर कमजोर बनी ढली रह्यो ।

जोश,जाँगर खोसिएर मन त्यसै निरश भयो
किन ,किन सारा उत्साह भित्र भित्रै गलि रह्यो ।

बसमा छैन मन मेरो बेचैन् छ दिल पनि
सारा पीडा मनभरी आँधी बनी चलिरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *