Skip to content

अर्काको भाग खान खोज्दा


अर्काको भाग खान खोज्दा उल्टो भोकै बस्नु पर्ला
घचेड्दै छौ साथीलाई आफैं भिरमा खस्नु पर्ला ।।

जस्को दोष हुँदै हुन्न उसैलाई किन ताक्छौ
बिनासित्ती तिमी आफैं नेलजेलमा फस्नु पर्ला ।।

जित कहाँ हुनु तिम्रो पराजय देखिंदैछ
नखाएको ऋण तिर्न खरानी नै घस्नु पर्ला ।।

गोली हानी कसले जित्यो मनले जित्न सक्नु पर्छ
उल्टै आफ्नै छातीमथि बज्रमुक्का कस्नु परला ।।

निर्दोषी छौ भन्ने यहाँ कसले हेर्ने कसले बुझ्ने
सीता जस्तै कुनै बेला जमिन भित्र धस्नु पर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *