Skip to content


कहिले यो मन खहरे कहिले यो मन छहरा
चुलबुले यो मनलाई कसले दिने पहरा
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा

उर्ली उर्ली बग्ने मनलाई मायाजालमा पारूँ जस्तो
ढुकढुक गर्ने मुटु पनि अन्त कतै सारूँ जस्तो
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा

उँडी उँडी आकास छोई यो मन चरी घुम्ने कहिले
पन्चे बाजा डोली लिई मेरो मान्छे आउने कहिले
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा

स्वर – सुकमित गुरुङ
संगीत – राम थापा
चलचित्र – बादल

Leave a Reply

Your email address will not be published. Required fields are marked *