नेपाली सिनेमाले २०४६ सालपछि संख्यात्मक हिसाबले फड्को मारेको छ । सिनेमा उद्योगप्रति सरकारी नीति पनि त्यति अनुदार छ भनेर भन्न मिल्दैन किनकि राष्ट्रिय चलचित्र विकास बोर्डको गठन हुनुअघि नै नेपाली सिनेमा निर्माताहरूलाई मनोरञ्जन करको ठूलो हिस्सा सरकारले फिर्ता दिन थालेको थियो । तर गुणात्मकरूपमा नेपाली सिनेमामा खासै सुधार भएन ।
‘बासुदेव’ मार्फत सुरु भएको यथार्थवादी गोरेटो ‘के घर के डेरा’ सिनेमामार्फत केही हदसम्म दोहोरियो । सो सिनेमामा गाउँले सामन्तवादी चरित्रलाई नायकको डाङ्डुङे पद्धतिमार्फत भए पनि परास्त गरियो । तैपनि परम्परागत टाकभित्रै यस्तो प्रसङ्ग खोजिएको सिनेमा थियो त्यो र त्यसबाट त्योभन्दा ठूलो आशा गर्नसक्ने ठाउँ पनि थिएन । २०४६ सालको जनआन्दोलनपश्चात् ठूलो मात्रामा सिनेमाहरू बन्न थाले । त्यसपछि लेखन, गायन, नृत्य र मञ्चनका रूपमा सीमित प्रगतिशील कलाले सिनेमामा हस्तक्षेप गर्न थाल्यो । यस क्रममा शहीद रत्नकुमार वान्तवा र हरि नेपालको राजनीतिक जीवनीमा आधारित सिनेमा ‘देउमाईको किनार’ मा र ‘नओइलाउने फूलहरू’ को निर्माण भयो । भिडियो प्रविधिमा आधारित भई निर्माण हुनु, सबै खालको गुणस्तरको कमी, केही हाइभिजन हल तथा च्यारिटी शोमा मात्र ती सिनेमा सीमित रहेकाले आम लोकतान्त्रिक दर्शकका बीच ती सिनेमा पुग्न सकेनन् । प्रदीप नेपालको कथामा आधारित ती सिनेमाहरूले अन्यत्र राम्रो विषय उठाए पनि नेकपा
-एमाले) को ती सिनेमाका निर्माताप्रति खासै चासो नरहेको सम्बद्ध सिनेकर्मीहरू प्रेम शेर्मा माङ्जाबुङ्गे र श्रीप्रसाद पोखरेल बताउँछन् । ‘बलिदान’ बाट कोरिएको यात्रा ‘शङ्कर’ मार्फत यथार्थ खोज्दाखोज्दै खज्मजियो । नेपालको राजनीतिक इतिहासमा त्रिशङ्कु संसद् कायम हुँदा सत्ता समीकरणका नाममा खेलिएका फोहोरी खेलहरू, सांसदहरूको मुसा प्रवृत्ति, पार्टी परिवर्तनका स्वार्थी गणितीय खेलहरू र प्रजातन्त्रका नाममा प्रजातान्त्रिक व्यवस्थाभित्रका विसङ्गतिहरूको चित्रण ‘शङ्कर’ मा केही हदसम्म गरिएको थियो तर तिनबाट मुक्ति पाउने कुनै ताìिवक सन्देश त्यसमा थिएन । राजनीतिक विसङ्गतिको विशुद्ध फोटोग्राफी त्यहाँ राखियो तर त्यसबाट उन्मुक्तिको वैचारिक कला त्यहाँ प्रयोग गरिएन ।
पचासको दशकको मध्यतिर ‘आगो’ सिनेमाको प्रदर्शनपछि नेपाली सिनेमामा नयाँ विचारको सूत्रपात भयो । नेपालमा सामन्तवादको समूल नष्ट हुने यात्रा हतियारबन्द आन्दोलन र १९ दिने जनआन्दोलनको सम्मिश्रणबाट केही वर्ष अगाडि भएको जनआन्दोलनबाट सुरु भयो । राजनीतिक दलहरूभन्दा सात वर्ष अगाडि नै सिनेमा ‘आगो’ ले यो सन्देश दिइसकेको थियो । जसका कारण सामन्तवादी दरबारका आसेपासेहरू तथा तत्कालीन पूँजीवादी शासकहरूको ठाडो निर्देशनमा त्यस सिनेमामाथि प्रतिबन्ध लगाइयो । अन्तमा केही महìवपूर्ण यथार्थवादी दृश्यहरू हटाई सिनेमाको मूल सन्देश नै विरूप हुनेगरी सार्वजनिक प्रदर्शन गर्न छूट दिएपछि त्यही रूपमै भए पनि माओवादी जनयुद्धको उठान र कारक तìव जनतामा पस्कन सक्यो । सामन्तवादको एक हदसम्म थिचोमिचो सहे पनि अन्तमा जनतामा जनविद्रोहको विस्फोट हुन्छ जसको सामना निरङ्कुश शासनयन्त्रले गर्न सक्दैन भन्ने सन्देश दिएको ‘आगो’ ले भनेको कुरा केही वर्ष अगाडि भएको जनआन्दोलन र दश वर्षे जनयुद्धले पुष्टि गरेको छ ।
वि.सं. २०६२/२०६३ सालको ऐतिहासिक जनआन्दोलन पश्चात् माओवादीको पृष्ठभूमि र गतिविधिको विषयलाई केन्द्रमा राखी सिनेमा निर्माणको प्रक्रियामा तीव्रता आयो । भारतवर्षमा पनि बीसको दशकको अन्त्यतिर चम्केको नक्सलवादी कम्युनिस्ट आन्दोलन र त्यसको असफलतापछि त्यस्ता थुप्रै सिनेमा बनेका थिए । नेपालमा सर्वप्रथम यस्ता सिनेमा बन्ने क्रममा बद्री अधिकारीको ‘आवाज’ को निर्माण र प्रदर्शन भयो जसले नेकपा माओवादी नेपालमा विद्यमान सामन्तवाद, जनताले भोग्नु परेको पीडा र माओवादी जनयुद्धको समग्र अभिलेखको सारांश प्रस्तुत गर्न सक्यो । त्यसपछि माओवादीको भातृ संस्था अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक महासङ्घको व्यवस्थापनमा ‘लालसलाम’ र उसको सहयोगमा ‘जनयुद्ध’ को निर्माण भयो । ‘लालसलाम’ले एघार वर्ष लामो माओवादी जनयुद्धको दस्तावेज र घटनाक्रमलाई फिल्मीकरण गरेको छ । महासङ्घसित सम्बद्ध निर्देशक, कलाकार तथा प्राविधिकहरूको मात्र सहभागितामा निर्माण भएको यो सिनेमापछि नेपालमा सिनेमा भनेको काम वासनायुक्त प्रेम, रोमान्स, डाङडुङे हिंसा, विकृत यौन र एक्लो हिरोबाट अन्त्यमा सयौँ भिलेनको हत्या भएको दृश्य कथा हो भन्ने भ्रमबाट मुक्ति मिलेको छ । यथार्थवादी नेपाली सिनेमा यात्राको यो एउटा क्रान्तिकारी रूपान्तरण हो र अर्को एउटा कोशेढुङ्गा हो ।
अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कलाकारहरूले स्वतन्त्र रूपमा बनाएको सिनेमा ‘जनयुद्ध’ले जनयुद्धको अर्को यथार्थको उजागर गरेको छ । यसैगरी माओवादी सम्बद्ध विषयहरूलाई मूल केन्द्र बनाई ‘शहीद’, ‘नेपाल’ जस्ता सिनेमाहरू पनि बने । यथार्थवाद र ग्रामीण जनजीवनसित सरोकार राख्ने ‘इन्द्रावती’ बन्यो, टेलिचलचित्र ‘अविरल बग्दछ इन्द्रावती’को प्रसारण भयो । जसरी नेपालको समकालीन राजनीतिमा माओवादीको जबरजस्त उपस्थिति छ त्यस्तै उपस्थिति नेपाली साहित्य, रङ्गमञ्च र सिनेमामा पनि देखिएको छ । माओवादीबाट वैज्ञानिक, यथार्थवादी, जनमुखी र अग्रगमनयुक्त सांस्कृतिक रूपान्तरण हुने ठोकुवा भएबाट नै व्यावसायिक सिनेकर्मीहरू पनि यो विषयवस्तुप्रति आकषिर्त भएका होलान् । नयाँ नेपालको निर्माणका खातिर वैज्ञानिक संस्कृतिको उठान गर्न खोज्नु त स्वागतयोग्य कुरा हो तर त्यो हजारौँको बलिदानबाट प्राप्त विषयलाई फगत व्यापार र नाफाघाटाको माध्यम बनाई दुरुपयोग गरियो भने महान शहीदको आत्मामा पीडा हुनेछ र नयाँ दुर्घटना हुन सक्नेछ । जनपक्षीय सिनेकर्मी के. पी. पाठकको सत्प्रयासमा माओवादी जनयुद्ध र क्रूर सङ्कटकालमा भएको मैना सुनुवार हत्याकाण्ड र मैनाको आमाको अदम्य साहसको विषयवस्तुलाई टिपेर ‘मैना सुनुवारकी आमा’ नामक सिनेमा बन्ने निर्णय भएको छ जसले यथार्थवादी सिनेमा क्षेत्रमा अजम्बरी उपस्थित जनाउनेछ, यसमा शङ्का छैन । नयनराज पाण्डे तथा रामेस जस्ता सिद्धहस्तकर्मीहरूको सहकार्यमा निर्माण हुने यो सिनेमाले सिनेमाको नयाँ परिभाषा दिनेछ । ‘बलिदान’, ‘लालसलाम’ तथा ‘जनयुद्ध’ जस्ता प्रगतिशील सिनेमाभन्दा केही पृथक तर मूल विषय त्यही रहेको ‘शहीद’ सिनेमाले प्राप्त गरेको सफलताले यहाँ ठूलो महìव राख्छ । सिनेमामा यथार्थ र व्यावसायिक चेतनाको सार्थक संयोजन हुनसके त्यसले आर्थिक रूपमा पनि सफलता हासिल गर्दछ भन्ने कुराको जिउँदो प्रमाण ‘शहीद’ सिनेमा हो । सबै कुरालाई जीवनसापेक्ष शैलीमा प्रस्तुत गरिएको यो सिनेमामा सानो लगानीमा डिजिटल प्रविधिको प्रयोग गरी ऐतिहासिक महान् जनयुद्धको सुन्दर र यथार्थ तस्वीर प्रस्तुत गरिएको छ ।
यसरी ‘बासुदेव’बाट कोरिएको यथार्थवादी सिनेमाको गोरेटो आज ‘लालसलाम’ हुँदै ‘शहीद’ सम्म आइपुगेको छ । यस बीचमा सिनेमाको यो धारलाई कलात्मक यथार्थतिर लान नीर शाह, प्रदीप रिमाल, तुलसी घिमिरे, प्रकाश साय्मि, प्रेम शर्मा माङ्जाबुङ्गे, श्रीप्रसाद पोखरेल, नारायण पुरी, नवीन सुब्बा, के.पी. पाठक, बद्री अधिकारी, शिवजी लामिछाने, विमल पौडेल, नयनराज पाण्डे, विजय बस्नेत तथा अन्य केहीको निर्देशकीय योगदानले ठूलो महìव राख्छ । मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, हरिवंश आचार्य, विष्णुभक्त फुँयाल, देशभक्त खनाल, हरिहर शर्मा, सुशील क्षेत्री, सरोज खनाल, सुनिल पोखरेल, रामेस, खुशीराम पाखि्रन, मणि थापा, रायन तथा प्रेम सुब्बा आदिको आ-आˆनो क्षेत्रको कलाकारिताको योगदानको महìव पनि त्यत्तिकै टड्कारो छ । परम्पराभन्दा फरक धारा अर्थात् यथार्थवादी धाराको पक्षपोषण गर्ने धाराको सिनेकर्मीहरूको दायित्व लोकतन्त्रको पुनर्वहालीपछि अझै बढेको छ ।
