Skip to content


सधैंजस्तो आज पनि म बाटोमा हिड्दै थिए । चैतको महिना तातो हावा चलिरहेको थियो, आकाश खुल्ला थियो । तर मनमा बादल जस्तै धेरै समस्याहरूले सूर्यको किरण आक्रमण गरेजस्तै मनमा टासिएको थियो । मन अन्धाकार, सोचको तिब्र गतिका कारण म छिटो छिटो आफ्नो गतव्य तर्फ हिंडिरहेको थिएँ ।

कालो चस्मा, रातो टि-सर्ट अनि कन्रबर्श जुत्तामा पनि म निकै ह्यान्सम भए जस्तो आफूमा फिलिङ आएको थियो । खै ? योभन्दा पहिले यस्तो फिलिङ मेरो मनमा कमै आउन्थ्यो । आज आफूले आफैलाई कुनै कट्रर युवा पुस्ता भनेर साबित गरेको थिए । त्यो अरूले भनून, नभनून त्यसको कुनै वास्ता थिएन । मतलब थिएन । जे बाँकी मतलब थियो त्यो आफैमा थियो ।

अलिक पर पुगेपछि त्यहाँ मेरो मनले, दिमाकले, जिन्दगीले अर्कै मोड लिन पुग्यो । म छक्क परे, आत्तिएँ, मन झसँग भयो । ममाथि कुनै धरातल त खसेको थिएन । तर त्यो कुनै धरातलभन्दा पनि ठुलो हतियार थिएन । हो म तर्सिए उसको आवाज सुनेर !

आवाज जस्तो शक्तिशाली हतियार यो दुनियामा केही छैन । गोलीभन्दा तिखा मान्छेका बोली खतरनाक हुन्छन यो एउटा उखान नभई सत्यतथ्यमा प्रमाणित पनि थियो । जो लाटा थिए ती त भगवानकै सृष्टिका रचनाकार थिए । उनीहरू बोल्न सकेनन् । जो अलिअलि बोल्न सक्थ्यो, के त्यो लाटोभन्दा कम रचनाकार थिए र ?

हो ऊ बाखो थियो । जो पूर्ण रूपले बोल्न सक्दैन, तिनीहरूभन्दा पनि कष्टकर यो जीवन हुन्थ्यो । उसको ‘दा … इ’सम्म रोकिएका शब्द सुन्न म आतुर थिए तर उसले निकै कष्ट गर्यो, रोकियो फेरि ‘दा … इ’ भन्यो तर पनि उसको दाइ निकै बेरपछि पुरा भयो ।

मेरो पर्स खसेको रहेछ । उसले देखेपछि मेरो पछि गर्दै ऊ आएको थियो । पुरा बोल्न नसक्ने हुँदा ऊ छिटो छिटो मलाई भेट्टाउदै दौडेर आएको कुरा ढिलै भए पनि सुनायो । म खुशीले गदगद हुन पुगे । तर मैले खुशी भएर, उसलाई पचासको नोट दिदाँ पनि उसले समातेन, उल्टै भन्यो उही शब्दमा ढिलै – “‘दा … इ’ यो, यो पैसा कुनै मन्दिरमा चढाइदिनु । अनि मेरो आवाजको लागि प्राथना गरिदिनु । मेरी आमाले भन्नुभएको बाबु सबैको भलो गर्नु, सहयोग गर्नु पर्छ यसो गर्यो भने तिमीलाई भगवान रिसाएर यस्तो बनाइदिनु भएको हो । त्यो चाडै निकै हुन्छ बाबु । त्यसैले यो पैसा उनै भगवानलाई दिनु । मेरो अलिकति भएपनी भगवानले मलाई दया गरेर आवाज दिनुहुन्छ । अनि एकदिन म पनि सबै साथीहरू जस्तो चिच्चाएर बोल्न, पढ्न, गीत गाउन सक्छु । दाइ … ई ।”

क्या छ भगवान ? यति दयनीय र करूणामय बालकलाई यस्तो कुरा सिकाएर हामीलाई किन अबुज बनाएका छौ । भगवान पनि स्कुलले जस्तै परीक्षा लिन्छन । सायद यस्तै भएको थियो त्यो दिन मेरा लागि । म चुपचाप भए, खुल्ला आकाश पनि बादलले ढाकेर अन्धकार भएजस्तै भयो मेरो मन । म झसँग परे ! मैले आफूलाई सम्झिए म पनि त यस्तै थिए कुनै दिन भनेर याद गरे आफूलाई आफूलाई दया गरे, माया गरे ।

म एक्कासि फ्लास ब्याकमा होमिए । करिब २०५८ सालका दिन साउन को बेला त्यो साउने झरीमा बुवा ममीसँग मन्दिर गएको थिएँ । सोमबारको दिन बिहानै उठी नुवाई धुवाई गरी चोखा कपडा लगाई आफ्नो जिन्दगीको लागि आफ्नो आवाज माग्न हिडिरहेको थिए म । छिटै गए पालो चाडै आउछ भन्थे त्यसैले वुवा ममीलाई पछि पार्दै ग्राभेल बाटोमा कसैसँग नछुई त्यो जल पर्रोहा बोलबम धाम को गेटमा पुर्याए । खाली कमला मेरा पैतलामा ढुङगा गडेर रगत बगिरहेको थियो । त्यो देखेर पनि मलाई वास्ता भ्एन, पीडा दुख केही जस्तो लागेन । किनकि मेरो जिन्दगीको सबैभन्दा ठुलो पीडा नै मेरो आवाज थियो । त्यो ढुगाले केबल एकछिनको पीडा दिएको थियो तर मेरो आवाजले मलाई जताततैबाट दुख दिएको थियो । पूस्तादेखि मान्दै र धार्मिक आस्था अनुसार आफ्नी ममीको कुरा सुनेर यहा आएको थिए । ममी भन्ने गर्नुहुन्थ्यो । जसलाई दुख पीडा छन् सबैले त्यही भगवानसँग गएर सच्चा मनले जे कूरा मागे पनि दिन्छन् । त्यसैले नभ्ई, मलाई कुनै भगवान प्रति विश्वास नगर्ने पनि म नै थिए । म सोच्थे जब भगवानले आफ्ना भक्तलाई पीडा दिन्छन । अनि किन मन्दिर बोलाएर समस्यामुक्त बनाइदिन्छन् । भक्तसँग पनि भगवान बाघचाल खेलिरहेका छन् जस्तै लाग्थयो । बाघले आफ्नो शिकार हरिणलाई कसरी जाल र चाल गरेर आफ्नो बहसमा गर्छ । त्यस्तै भगवानले पनि हामी प्रति चाल गरिरहेका छन् । हामीलाई सबै कुराको पुग भयो भने अपुग त केही बच्दैन । त्यसपछि मानवहरूले हामीलाई भुल्छन भनेर नै हामीलाई नभुलुन् भनेर यस्तो दुख पीडा दिएका हुन भगवानले भन्ना धारणाले मेरो मन भगवान प्रति मरिसकेको थियो । तपैनी म मन्दिर अगाडि उभिएको थिए । मलाई आफ्नी ममी प्रति विश्वास थियो, त्यसैले ।

भीडभाड निकै थियो । मान्छेहरू हातमा फूल, जल लिएर भगवानलाई आफ्ना पीडा सुनाउन आएका थिए । म जस्तै थुप्रै पीडाकारीलाई देखेर यो मन फेरि हलुका भयो । घाउ फरक भ्एपनी पीडा एउटै जस्तै, समस्या फरक फरक थिए तर त्यो भीडमा उभिएका, लडेका, बसेका र जाने आउने सबैका भगवानको मन्दिर त एउटै थियो ।

म सानो थिए गेटबाट छिरे, मलाई कुनै लाइन लगाउन परेन, मुलढोका निर पस्दा भने केही दुख भयो । ढोका को मुल द्रार केही सानो हुनाले स्वयंसेवकले जनतन छेक्दै मुल मन्दिरभित्र छिराएको थियो । कमिलो छिर्ननस्कने गरी चारैतिर छेकिएका थिए । म छिर्ने त सवाल नै थिएन तैपनि कलिला दिमाकमा चलेका कुराहरूले मलाई प्रवेश गराउला जस्तै लाग्यो र एउटी अन्टीको पछाडि ग्ई चुपचाप लाइनमा बसे । अन्टीलाई पनि सायद दया आएछ म अबोध बालक प्रति उहाले पनि केही भन्नूभ्एन । ममिले मन्दिर गएर तातो तातो जेरी खाएस् बाबु भनेर २० रूपिया दिनुभएको थियो । तर त्यो जेरी को आकंक्षा मारेर । भगवानलाई मैले नरिवल किनेको थिए ।

कसैले भनेको पनि सुनेको थिए । शिवजी नरीवल फुटाएर जल चढाए खुशी हुन्छन रे । त्यसैगरी मैले पनि त्यो जेरी किन्ने पैसाले भगवानलाई नरीवल किनेको थिए यदि भगवान छन् भने मेरो पनि पीडा बुझ्ने छन् र म पुरा बोल्न सक्ने छु । गीत गाउने छु । साथीले जस्तै चिच्चाएर बोल्न सक्छु पढ्नु सक्छु यस्तै कुरा माग्ने छु भनेर सोच्दा सोच्दै स्यवम सेवकले म लगायत थुप्रै मान्छेहरूलाई मुल मन्दिर भित्र छिराए । मोटा र बलिया शरिरले थिचिदै म भगवानको समिपमा उभिए । यता पट्टी ठुलो नाग, ज्योतिष लिङ्ग, मूर्ति देखेर म आश्चय जनक भए किनकि मैलै पहिलो पटक भगवानलाई यति नजिकैबाट देखेको थिएन ।

आफूले ल्याएको नरिवल पन्डित बाजेलाई दिए उनले एकै झट्काका नरिवल फुटाएर जल नाग शिवलिङ्ग मूर्तिमाथि चढाए म हेर्याहेरै थिए मेरो हातको जल पनि चढाए र आफूले केही माग्न थाले मनमनै यही मागे,”भगवान तिमी छौ या छैनौ थाहा छैन् । तर मेरो ममीले सधैं तिम्रो नाम लिदा म तिमी प्रति देरै आक्रषित भएको छु । त्यसैले मलाई या त लाटो नै बनाउ या त पुरा बोल्न सक्ने बनाई देऊ अरू के के मनमा कुरा खेल्दै थिए । भगवानसँग माग्न बाँकी नै थिए । भीडभाडले फेरि पेल्यो । सबैको पालो थियो । सबैलाई आतुर थियो । हातमा पन्डितले नरीवलको आधीटुक्रा हातमा थमाइदिए रातो चन्दनले सदा सुखी भव भन्दै निधारमा चन्दन लगाउदै सुस्त आर्शिवाद दिए म फेरि मान्छेहरूबाट थिचिदै बाहिर निस्किए ।

बाहिर आएप्रश्चात मनमा छुट्टै खुशी लाग्यो । भगवानसँग मिलेर आए केही कुरा मागेर आए सायद अब चाडै सबै ठिक हुन्छ ।

त्यसै लाइनमा एउटी अन्टीको मन्दिरमा सिक्री हराएको थियो एक्क्सी त्यो सिक्री मैले नै भेट्टाए र उनलाई नै दिए । उनले खुशी वापत पचासको नोट मलाई दिदै हुनुहुन्थ्यो र मैले भने । अन्टी मलाई पैसा चाहिदैन । यो मेरो दायित्व हो । र भगवानसँग मैले केही मागेको छु । दिऊँ कि नदिऊँ भनेर मेरो परीक्षा लिएका छन् । तपाई को सिक्री हराउनु र मैले भेट्टाउनुमा पनि भगवानकै चाल छ । त्यसैले पैसा होइन एउटा यो बालकको दया माया सम्झी मेरो आवाजको लागि भगवानसँग बिन्ती बिसाइदिनु न तपाईले भनेको मान्नुहुन्छ कि । अन्टी मेरी बाखो बोली र ढिलो आवाज हुनेर मुसुक्क हाँस्दै हुनुहुन्थ्यो तर उहाको आँखामा आशु पनि टिलपिल टल्किरहेका थिए । हुन्छ बाबु हुन्छ । म तिम्रै लागि बिन्ती गर्छु । र तिमी छिट्टै पुरा बोल्ने सक्ने हुन्छौ र एकदिन यस्तै सहयोग मान्ने थुप्रै मान्छेहरू पाउछौ उनीहरूलाई पनि यस्तै गर्नु है भनेर ती अन्टी भीडमा नै हराउन पुगिन । सायद त्यो परीक्षा थियो या साचिच्कै वास्तविक्ता म अनबिज्ञ थिए । हुन त मेरो लागि आमा बुवाले पनि धेरै पीडा एवम मन्दिर भाकल धेरै गर्नु र धाउनु भएको थियो मेरो मिठो र सबै आवाज सुन्ने आकंक्षाले !

मेरा साथी कम थिए, स्कुलमा मिस भन्न नसकेर सर भन्थे । कसैले मेरो समस्या बुझ्थे सहयोग पनि गर्थे तर कसैले हाँसेर मजाक बनाएर उडाइदिन्थे । मेरो समस्या बुझ्ने सर मिसले मलाई बेन्चमा उठाएर पढ्न कहिल्यै लगाउनु भएन । तर टिचिङ गर्न आएकी नयाँ मिसले उठेर पढ्न नमान्नाले मलाई लौरा हानेकी थिइन । मैले मिसको आज्ञा नमान्नुको कारण एउटै थियो । अरू जस्तोखरखरी पढ्न नसक्नु तर मैले आफ्नो इज्जत जोगाउन भएपनी त्योदिन मिसको पिटाई खाए एउटासँगै बेन्चमा बसेको साथीले मिसबाट मलाई जोगाएको थियो मिसको रिस कडा थियो । देख्दा कुनै बाघनीभन्दा कम थिइन मनमनै गाली पनि गरेको थिए कस्ती चुडलेनी, बोक्सिनी मरी जाओस् भन्दै सराप्दै थिए । मेरो पीडा बुझ्ने एउटै साथी थियो सागर । उसले मिसलाई मेरो समस्या सुनायो र त्यस दिनदेखि ती मिसलाई पनि मैले सर भनेर बोलाउन पाएकोमा म निकै खुशी थिए । म कपीमा लेखेर धेरै कुरा सिक्थे । परोर्हा स्कुलको जमुना मिस र साबित्री मिसले आफ्नै छोरा जस्तो गरेर माया र स्नेह गरेर पढाउनू भयो लेख्न सिकाउनु भयो र परीक्षा पनि राम्रै भयो ।

बिस्तारै मेरो जीवन स्कुल पढाई शरिर सोच विचार बढदै गए । जतिजति ठुलो हुँदै गए मान्छेको साथीहरूको बीचमा म सधैं हाँस्यबृत हुन पुगे जसले बुझे उनीहरूले माया गर्थे खुशी लाग्थ्यो तर हाँसेर उडाउथे तिनीहरूलाई आफू नै बोलेर गाली गरौ जस्तो हुन्थ्यो तर मेरो आवाज बाखो थियो । मैले गाली गरेर सक्दा उनीहरू घरपनी पुगी सक्थे होला समय बित्दै गयो, म ठुलो हुँदै गए आमाबुवाको आर्शिवाद र अन्टीको र भगवानको कृपा देखी म पहिलाभन्दा अलाकति बोल्न सक्ने भए, एकछिन कुरा सुन्थे सबैको, जरुरी भए उत्तर दिन्थे नभए चुपचाप नै बस्थे । कतै धेरै बोलिस भनेर फेरि चुप त गराइदिन्न भगवानले भन्ने डर पनि लाग्थ्यो मनमा आज म २४ वर्षको भए आजकल गाउन पढ्न संस्कृत, आदि अग्रेजी सबै खरखर पुरा बोल्छु, झगडा गर्छु । यो देखेर म एवम मेरा परिवार एकदमै खुशी छन् र हुनेछन् पनि त्यस्तै कथा यी भेटिएको भाइको थियो उनले पनि प्राथना गर्न भनेका थिए । उनको बोली मेरो जस्तै थियो ।

त्यही नजिकै रहेको पशुपतिमा गई भगवानसँग उनको लागि सच्चा मनले प्रार्थना गरिदिए ! आज फेरि यो दुनियासँग धेरै बोलेर वाक्क लागेको मलाई आफ्नै आवाज दिन मिल्ने भए पनि दिन्थे जस्तै लाग्यो त्यो भाइलाई तर साधन र सामर्थ नहुदा सकिन । फेरि भगवान सगं नै मागिदिए भगवान यदि छौ भने उसैको लागि हुनु मिल्छ भने मेरो नै आवाज उसलाई दिनु तर उसको मन तिमी प्रति भएको विश्वास नतोड्नु । र मनमा धेरै कठोर भावना र फ्लास ब्याक घुमेर आएको हुँदा घर सम्झिए सबै जनालाई सम्झिए र सबैलाई मनैदेखी कृतज्ञता दिए । आफ्नो कोठामा फर्किए ।

सन्तोष खराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *