राणा शासन ढल्यो, प्रजातन्त्र आयो
पछार्दै ‘शाही सत्ता’ लोकतन्त्र आयो
राजतन्त्र नै फाली लोकतन्त्र पश्चात
अन्तत: हाम्रो राष्ट्रमा गणतन्त्र आयो
तन्त्रहरू बीचमा के भेद, छैन खुलेको
त्यसैले होला गलत प्रयोग भइरहेको
भनेनि कतिले लोकतान्त्रिक गणतन्त्र
लागेन शहीदहरूकै बलिदान बुझेको
सानालाई लाग्ने ऐन, खै चैन आएको
नातावाद र कृपाबादले अँझै गाँजेको
कै’ले तछाड-मछाड, कै’ले गठबन्धन
हामीले स्थायी सरकार नै छैन पाएको
संविधान बहुमतबाट नै पारित गरा’को
उही संविधान विरुद्ध नै चल्दैछ रडाको
संशोधन गर्ने र नगराउनेहरू माझै द्वन्द
के औचित्य र गणतन्त्र दिवस मना’को
