Skip to content



चपाउँदैछ
बोक्रा संग नै केरा
नपाउनेले


छैन खबर
न फोन गर्छ छोरो
माया मारेछ


दिएँ सापट
पर्दा धेरै आपत
थकथक भो


दह्रो बाधेको
थैलो नै गायब भो
के अर्थ बाध्या?


फर्कि आउन्न
बितेका पलहरू
चाहेरै पनि


प्रगति देख्दा
अरू सबैको लाग्छ
निकम्मामै छु


बढेको भत्ता
सांसदहरूलाई
पच्छ कसरी?


दोधार भयो
भोलि के हुन्छ भनी
तुङ्गै भएन


यो उमेरमा
अँझै हाड घोट्दैछ
कठै अभागी

१०
ए राता मकै
हेर्नु हेरेर मेनु
आखिर मम?

११
सत्तामा पुग्दा
सबैको उही ताल
हे लाजनीति

१२
छाउदैछ है
जनतामा वितृष्णा
केही गर्नुछ

१३
सत्य लुक्दैन
देखें जे त्यै लेखेको
के बिराएँ त?

१४
डोकोमा दुध
दुएर निरहन्न
भाग्य भए नि

१५
गोतामे हुँ रे
ताक नपरुञ्जेल
नत्र तिवारी

१६
राम्रो कर्मको
फल मिठो हुनेछ
नत्र त तितो

१७
सम्झाए पनि
संझिदैन मन यो
एकोहोरो भो

१८
जान्न चाहन्छ
जनता कि धमला
के वाईयात?

१९
छाड्न पर्यो रे
समाएको त छैन
नयाँ नेपाल

२०
लाग्दैन माया
नेताहरूलाई खै
विचरा देश

प्रथमपटक प्रकाशितः 2017-06-02 18:49:19 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *